पाल्पा, १८ बैशाख ।
महंगीको मारमा परेका तानसेन बासीलाई अब केही राहत मिल्ने भएको छ । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा ‘आगन सुपथ पसल’ खुलेको छ । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेले पसल सञ्चालन गरेको हो । आइतबार एक कार्यक्रमकाबीच तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले पसलको उद्घाटन गर्नुभएको हो ।
सुपथ पसल तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सहकारीले सन्चालन गरेको हो । सुपथ पसल खुलेपछि यहाँका उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन नगर प्रमुख शाहिले आग्रह गर्नुभएको हो । बजारको मूल्यमा एकरुपतामा ल्याउन आगन सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । व्यापारीक दृष्टिकोणले भन्दापनि सेवामुखी भावनाले आम उपभोक्ताको विश्वास जितेर पसल सञ्चाल गर्न उहाँले सुझाव दिनुभयो ।
सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल भट्टराईले बताउनुभयो । सुरुवाती चरणमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका सामग्री उपलब्ध हुने छ । यहाँका उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्रीमा राखिने उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बिक्रीमा राखिने भट्टराईले बताउनुभयो ।
तानसेन नगरपालिकाको ९ लाखसहित करिब २५ लाख लगानीमा पसल सञ्चालन गरिएको हो । उपभोक्ताले देख्न सक्ने गरी मूल्यसूचीको बोर्ड राखिएको छ । बसपार्क मिसन सडकखण्डको मेहलधारामा पसल सञ्चालन गरिएको छ । उपभोक्ताको मागअनुसारका सामग्री घरमै पुर्याउने व्यस्था समेत रहेको उहाँले बताउनुभयो ।
बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले ९ लाख सहयोग गर्ने छ । ४ लाख अनुदान र ५ लाख बिउपूँजीको रुपमा नगद सहयोग गर्ने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेयले स्वच्छ, ताजा र गुणस्तरीय सामग्री उपलब्ध गराउन सके सुपथ पसलमा उपभोक्ताको घुइँचोे लाग्ने बताउनुभयो । तानसेन नगरपालिकास्तरीय सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले सुपथ पसललाई सफल पार्नको लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष भीमलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल प्रसाद बश्यालले स्वागत र सचिव मिलन विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।
नगरसभाबाट कार्यविधि तथा ऐन नियम तयार गरी सहकारी संस्थामार्फत सुपथ मूल्यको पसल सञ्चालन गरिएको हो । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।
गुणस्तरीय सामानहरु सुलभ मुल्यमा नगरबासीले पाउने भएपछी गराउने तानसेन बाजरको असमान मुल्यलाई नियन्त्रणमा लिन सकिने र अस्वाभाविक मुल्य वृद्धि केही नियन्त्रण हुन सक्ने अपेक्षा गरिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…