पाल्पा, १८ बैशाख ।
महंगीको मारमा परेका तानसेन बासीलाई अब केही राहत मिल्ने भएको छ । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा ‘आगन सुपथ पसल’ खुलेको छ । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेले पसल सञ्चालन गरेको हो । आइतबार एक कार्यक्रमकाबीच तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले पसलको उद्घाटन गर्नुभएको हो ।
सुपथ पसल तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सहकारीले सन्चालन गरेको हो । सुपथ पसल खुलेपछि यहाँका उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन नगर प्रमुख शाहिले आग्रह गर्नुभएको हो । बजारको मूल्यमा एकरुपतामा ल्याउन आगन सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । व्यापारीक दृष्टिकोणले भन्दापनि सेवामुखी भावनाले आम उपभोक्ताको विश्वास जितेर पसल सञ्चाल गर्न उहाँले सुझाव दिनुभयो ।
सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल भट्टराईले बताउनुभयो । सुरुवाती चरणमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका सामग्री उपलब्ध हुने छ । यहाँका उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्रीमा राखिने उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बिक्रीमा राखिने भट्टराईले बताउनुभयो ।
तानसेन नगरपालिकाको ९ लाखसहित करिब २५ लाख लगानीमा पसल सञ्चालन गरिएको हो । उपभोक्ताले देख्न सक्ने गरी मूल्यसूचीको बोर्ड राखिएको छ । बसपार्क मिसन सडकखण्डको मेहलधारामा पसल सञ्चालन गरिएको छ । उपभोक्ताको मागअनुसारका सामग्री घरमै पुर्याउने व्यस्था समेत रहेको उहाँले बताउनुभयो ।
बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले ९ लाख सहयोग गर्ने छ । ४ लाख अनुदान र ५ लाख बिउपूँजीको रुपमा नगद सहयोग गर्ने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेयले स्वच्छ, ताजा र गुणस्तरीय सामग्री उपलब्ध गराउन सके सुपथ पसलमा उपभोक्ताको घुइँचोे लाग्ने बताउनुभयो । तानसेन नगरपालिकास्तरीय सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले सुपथ पसललाई सफल पार्नको लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष भीमलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल प्रसाद बश्यालले स्वागत र सचिव मिलन विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।
नगरसभाबाट कार्यविधि तथा ऐन नियम तयार गरी सहकारी संस्थामार्फत सुपथ मूल्यको पसल सञ्चालन गरिएको हो । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।
गुणस्तरीय सामानहरु सुलभ मुल्यमा नगरबासीले पाउने भएपछी गराउने तानसेन बाजरको असमान मुल्यलाई नियन्त्रणमा लिन सकिने र अस्वाभाविक मुल्य वृद्धि केही नियन्त्रण हुन सक्ने अपेक्षा गरिएको छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…