धुलाबारी, झापा मेचीनगर १० धुलाबारी क्षेत्रका पुराना एमाले नेताहरु आज काँग्रेसमा प्रवेश गरेका छन । एमाले पार्टीको वडा अध्यक्षका प्रत्यासी रहनु भएका नरप्रसाद पौडेल र नारायण प्रसाई समेत १५ जना आज काँग्रेसमा प्रवेश गर्नु भएको छ । त्यस्तै धुलाबारी क्षेत्रकै अगुवा एमाले नेता मोहन प्रधान समेत काँग्रेसमा प्रवेश गर्नु भएको छ ।
२०३६ सालदेखि कम्युनिष्ट पार्टीको कार्यकर्ताका रुपमा सक्रिय रहनु भएका पौडेल र २०४५ सालदेखि एमालेमा सक्रिय राजनिति गर्नु भएका प्रधानले समेत आज काँग्रेसको पार्टी सदस्यता लिनु भएको हो ।
धुलाबारी चोकमा आयोजित गठबन्धन दलका उम्मेद्वार घोषण तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा पवित्रा पौडेल, अम्बिका प्रसाई खरेल, कल्पना प्रधान, इन्द्रबहादुर थापा, ज्योति कोईराला सहित १४ जना एमालेबाट काँग्रेसमा प्रवेश गर्नु भएको हो । त्यस्तै स्वतन्त्र रुपमा रहनु भएका सामाजिक व्यक्तित्व निलाञ्चल पाण्डे समेत आज काँग्रेसमा प्रवेश गर्नु भएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…