प्रधानमन्त्री शेरबहादुर देउवालाई राज्यमन्त्रीको स्वागत

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवालाई स्वागत गर्न नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा भारतका लागि नवनियुक्त राजदूत डा.शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछन् । होटलमै अहिले साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकरले देउवालाई शिष्टाचार भेट गर्दैछन् ।

विदेशमन्त्री एस जयशंकरसँगको बैठकपछि देउवाले भारतीय जनता पार्टीको केन्द्रीय कार्यलयको भ्रमण गर्ने तय भएको छ । त्यसपछि उनी बारखम्बा रोडस्थित नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी हुनेछन्, त्यहाँ उनले नेपाली समुदायका प्रतिनिधिसँग पनि भेट्नेछन् ।

शनिबार विहान महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ । भोलि नै प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको प्रतिनिधिमण्डलसँग छलफल गर्नेछ । यसबाहेक देउवा र मोदीबीच एक्लाएक्लै भेट्ने पनि तय भएको छ ।

देउवासँग परराष्ट्रमन्त्री नारायण खड्का, उर्जा मन्त्री पम्फा भुषााल, कृषिमन्त्री महेन्द्र राय यादव लगायत सहभागी छन् ।

देउवा वाराणसी हुँदै आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago