प्रधानमन्त्री शेरबहादुर देउवालाई राज्यमन्त्रीको स्वागत

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवालाई स्वागत गर्न नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा भारतका लागि नवनियुक्त राजदूत डा.शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछन् । होटलमै अहिले साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकरले देउवालाई शिष्टाचार भेट गर्दैछन् ।

विदेशमन्त्री एस जयशंकरसँगको बैठकपछि देउवाले भारतीय जनता पार्टीको केन्द्रीय कार्यलयको भ्रमण गर्ने तय भएको छ । त्यसपछि उनी बारखम्बा रोडस्थित नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी हुनेछन्, त्यहाँ उनले नेपाली समुदायका प्रतिनिधिसँग पनि भेट्नेछन् ।

शनिबार विहान महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ । भोलि नै प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको प्रतिनिधिमण्डलसँग छलफल गर्नेछ । यसबाहेक देउवा र मोदीबीच एक्लाएक्लै भेट्ने पनि तय भएको छ ।

देउवासँग परराष्ट्रमन्त्री नारायण खड्का, उर्जा मन्त्री पम्फा भुषााल, कृषिमन्त्री महेन्द्र राय यादव लगायत सहभागी छन् ।

देउवा वाराणसी हुँदै आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago