काठमाडौं: एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताएका छन् । एमालेनिकट शुक्रबार जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्यस देशको संस्कृतिमाथि आक्रमण हुने भन्दै अहिले नेपालको संस्कृतिमाथि हमला भइरहेकाले रक्षा गर्नुपर्ने बताएका हुन् ।
‘कुनै देश बिगार्नु छ भने त्यसको संस्कृति बिगारे हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ । त्यो हमलालाई परास्त गर्न र हाम्रो संस्कृतिलाई जीवित राख्न आवश्यक छ,’ ओलीले भने ।
राष्ट्रियता बचाउन र लोकतन्त्र प्राप्त गर्ने माध्यम संस्कृति रहेको भन्दै उनले नेपालको सभ्यता निकै पुरानो रहेको बताए ।
‘हाम्रो सभ्यता धेरै अगाडि देखिको हो । यो सभ्यता डमरु बजाएर सुरु भएको छ । त्रिशुल बोकेर नाचेर सुरु भएको सभ्यता छ । यो सभ्यता शिव नाट्यबाट सुरु भएको छ । यो सभ्यता शैव दर्शन, सांख्य दर्शनबाट सुरु भएको छ,’ ओलीले भने, यो सभ्यता यहीँबाट सुरु भएको छ भने शिव यहीँका थिए । सांख्य दर्शनका प्रणेता कपिल मुनी पनि यहीँका थिए ।’
नेपालको सभ्यतामाथि आक्रमण भएको बताएका ओलीले कसले र किन नेपालको संस्कृतिमा आक्रमण गरेको भन्ने विषयमा भने केही खुलाएनन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…