उम्मेदवार समानुपातिक र समावेशी सिद्धान्तका आधारमा बनाउन जनजाति महासंघको आग्रह

काठमाडौँ: नेपाल आदिवासी जनजाती महासंघले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आदिवासी जनजातिलाई निर्वाचित गराउन र जातीय बाहुल्यताका आधारमा उम्मेदवार बनाउन सम्पूर्ण राजनीतिक दललाई आह्वान गरेको छ ।

महासंघको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गेल्जेन लामा शेर्पाले संविधानको मर्म र भावनाअनुरुप राज्यका सबै अंगमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गर्ने एजेन्डा कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘मुलुकमा राजनीतिक, भाषिक, सामाजिक, सांस्कृतिकलगायतका विभेद् अत्यका लागि महासंघले निरन्तर संघर्ष गर्दै आएको छ’, उनले भने, ‘पहिचानसहितको संघीयतालाई स्थापित गरी अधिकार सम्पन्न स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र तथा विशेष क्षेत्र निर्माण गर्न वर्तमान संविधान सशोधन आवश्यक रहेकाले सो कार्यका लागि संघर्षलाई निरन्तरता दिइने छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले स्थानीय तह, प्रदेश र संघीय सरकारबाट आदिवासी जनतातिका नाममा विनियोजित भएको बजेट अन्य शीर्षकमा खर्च गरेको पाइएकाले अबदेखि सम्बन्धित शीर्षकमै सदुपयोग गर्न दबाब दिइने बताए । उनले भने, ‘अल्पसङ्ख्यक, लोपोन्मुख र सीमान्तकृत आदिवासी जनजातिको संरक्षण, सांस्कृतिक प्रवर्द्धन र राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि विशेष पहल गरिने छ ।’
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का नवनिर्वाचित अध्यक्ष गजुरधन राईले महासंघ र फोनिजले उठाउँदै आएका धेरैजसो मुद्दा समान प्रकृतिका भएकाले दुई संस्थाबीच सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाएर अघि बढेमा परिणाम सहजै प्राप्त गर्न सकिने बताए ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago