उम्मेदवार समानुपातिक र समावेशी सिद्धान्तका आधारमा बनाउन जनजाति महासंघको आग्रह

काठमाडौँ: नेपाल आदिवासी जनजाती महासंघले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आदिवासी जनजातिलाई निर्वाचित गराउन र जातीय बाहुल्यताका आधारमा उम्मेदवार बनाउन सम्पूर्ण राजनीतिक दललाई आह्वान गरेको छ ।

महासंघको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गेल्जेन लामा शेर्पाले संविधानको मर्म र भावनाअनुरुप राज्यका सबै अंगमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गर्ने एजेन्डा कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘मुलुकमा राजनीतिक, भाषिक, सामाजिक, सांस्कृतिकलगायतका विभेद् अत्यका लागि महासंघले निरन्तर संघर्ष गर्दै आएको छ’, उनले भने, ‘पहिचानसहितको संघीयतालाई स्थापित गरी अधिकार सम्पन्न स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र तथा विशेष क्षेत्र निर्माण गर्न वर्तमान संविधान सशोधन आवश्यक रहेकाले सो कार्यका लागि संघर्षलाई निरन्तरता दिइने छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले स्थानीय तह, प्रदेश र संघीय सरकारबाट आदिवासी जनतातिका नाममा विनियोजित भएको बजेट अन्य शीर्षकमा खर्च गरेको पाइएकाले अबदेखि सम्बन्धित शीर्षकमै सदुपयोग गर्न दबाब दिइने बताए । उनले भने, ‘अल्पसङ्ख्यक, लोपोन्मुख र सीमान्तकृत आदिवासी जनजातिको संरक्षण, सांस्कृतिक प्रवर्द्धन र राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि विशेष पहल गरिने छ ।’
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का नवनिर्वाचित अध्यक्ष गजुरधन राईले महासंघ र फोनिजले उठाउँदै आएका धेरैजसो मुद्दा समान प्रकृतिका भएकाले दुई संस्थाबीच सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाएर अघि बढेमा परिणाम सहजै प्राप्त गर्न सकिने बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago