काठमाडौँ: प्रधानसेनापति हाई अल्टिच्युड ट्राई–एड्भेन्चर प्रतियोगितामा अघिल्ला दुई संस्करण स्वदेशी टिमहरूबीच प्रतिस्पर्धा भएको थियो । तेस्रो संस्करणमा आएर यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरमा सञ्चालन गर्ने आयोजक नेपाली सेनाले जनाएको छ ।
जोमसोम, मुस्ताङमा २०७९ जेठ ७ गते हुने तेस्रो संस्करणमा स्वदेशका १५ टिमसँगै विदेशी १० टिमले प्रतिस्पर्धा गर्ने रेस डिरेक्टर राजीव चन्दले बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पहिला नेपालकै टिमहरूले प्रतिस्पर्धा गरेका थिए । यसपाली आर्मीको माध्यमबाट विदेशी १० टिम पनि प्रतिस्पर्धा गर्न आउँदैछन् ।’ उनकाअनुसार भारत, पाकिस्तान, श्रीलंका, बेलायत, बंगलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायली सेनाका टिम आउनेछन् ।
विदेशी टिमलाई एक साता जोमसोमको हावापानीमा अभ्यस्त भएपछि प्रतियोगितामा सहभागी गराउने योजना रहेको चन्दले बताए । नेपाली सेनाले यस्तै किसिमको अन्तर्राष्ट्रिय प्रतियोगिता बैरेनी, धादिङमा पनि सञ्चालन गर्दै आएको छ । नेपाली सैनिक शारीरिक तथा खेलकुद केन्द्रका केन्द्रपति मुनाल बस्नेतले भने, ‘नेपाली टिमबाट प्रतिस्पर्धा गर्न सबैलाई खुला हुनेछ, यसको लागि छनोट प्रतियोगिता गर्नेछौं । तोकिएको मापदण्ड पूरा गर्ने टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।’
छनोट हुने टिमको घोषणा वैशाख २५ गते गरिनेछ । प्रत्येक टिममा दुई खेलाडी हुनेछन्, तीनै स्पर्धा उनीहरूले नै पूरा गर्नुपर्नेछ । क्लाइम्बिङ (१ सय मिटर), ट्रेल रनिङ (४.७५ किमि) र साइक्लिङ (१५.३५ किमि) गरी २०.२ किलोमिटर दूरी सबभन्दा छिटो पार गर्ने टिम नै विजेता बन्नेछ । टिमका दुई खेलाडीमध्ये सबभन्दा ढिला दौड पूरा गर्ने खेलाडीको समय निर्णायक हुने रेस डिरेक्टर चन्दले बताए । समुद्री सतहबाट २,७८० मिटरको उचाईबाट सुरु हुने रेस ३,२०० मिटरसम्म सञ्चालन हुनेछ । स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्रै प्रतियोगितामा सहभागी हुने पाइने जनाइएको छ ।
पुरुषतर्फ विजेता टिमले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो संस्करणमा १ लाख, ७५ हजार र ५० हजार दिइएको थियो । महिलातर्फ पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार हात पार्नेछन् । २०७४ र ०७५ मा आयोजित अघिल्ला संस्करणमा महिलाका २–२ सहित २०–२० टिमले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ भने यसपाली पनि स्वदेशी टिमले नै प्रतिस्पर्धा गर्नेछन् ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…