मुस्ताङमा हाई अल्टिच्युड ट्राई एड्भेन्चरमा ११ देशका टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौँ: प्रधानसेनापति हाई अल्टिच्युड ट्राई–एड्भेन्चर प्रतियोगितामा अघिल्ला दुई संस्करण स्वदेशी टिमहरूबीच प्रतिस्पर्धा भएको थियो । तेस्रो संस्करणमा आएर यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरमा सञ्चालन गर्ने आयोजक नेपाली सेनाले जनाएको छ ।
जोमसोम, मुस्ताङमा २०७९ जेठ ७ गते हुने तेस्रो संस्करणमा स्वदेशका १५ टिमसँगै विदेशी १० टिमले प्रतिस्पर्धा गर्ने रेस डिरेक्टर राजीव चन्दले बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पहिला नेपालकै टिमहरूले प्रतिस्पर्धा गरेका थिए । यसपाली आर्मीको माध्यमबाट विदेशी १० टिम पनि प्रतिस्पर्धा गर्न आउँदैछन् ।’ उनकाअनुसार भारत, पाकिस्तान, श्रीलंका, बेलायत, बंगलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायली सेनाका टिम आउनेछन् ।
विदेशी टिमलाई एक साता जोमसोमको हावापानीमा अभ्यस्त भएपछि प्रतियोगितामा सहभागी गराउने योजना रहेको चन्दले बताए । नेपाली सेनाले यस्तै किसिमको अन्तर्राष्ट्रिय प्रतियोगिता बैरेनी, धादिङमा पनि सञ्चालन गर्दै आएको छ । नेपाली सैनिक शारीरिक तथा खेलकुद केन्द्रका केन्द्रपति मुनाल बस्नेतले भने, ‘नेपाली टिमबाट प्रतिस्पर्धा गर्न सबैलाई खुला हुनेछ, यसको लागि छनोट प्रतियोगिता गर्नेछौं । तोकिएको मापदण्ड पूरा गर्ने टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।’

छनोट हुने टिमको घोषणा वैशाख २५ गते गरिनेछ । प्रत्येक टिममा दुई खेलाडी हुनेछन्, तीनै स्पर्धा उनीहरूले नै पूरा गर्नुपर्नेछ । क्लाइम्बिङ (१ सय मिटर), ट्रेल रनिङ (४.७५ किमि) र साइक्लिङ (१५.३५ किमि) गरी २०.२ किलोमिटर दूरी सबभन्दा छिटो पार गर्ने टिम नै विजेता बन्नेछ । टिमका दुई खेलाडीमध्ये सबभन्दा ढिला दौड पूरा गर्ने खेलाडीको समय निर्णायक हुने रेस डिरेक्टर चन्दले बताए । समुद्री सतहबाट २,७८० मिटरको उचाईबाट सुरु हुने रेस ३,२०० मिटरसम्म सञ्चालन हुनेछ । स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्रै प्रतियोगितामा सहभागी हुने पाइने जनाइएको छ ।
पुरुषतर्फ विजेता टिमले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो संस्करणमा १ लाख, ७५ हजार र ५० हजार दिइएको थियो । महिलातर्फ पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार हात पार्नेछन् । २०७४ र ०७५ मा आयोजित अघिल्ला संस्करणमा महिलाका २–२ सहित २०–२० टिमले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ भने यसपाली पनि स्वदेशी टिमले नै प्रतिस्पर्धा गर्नेछन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago