निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेमा फर्कने र प्रवेश गर्ने क्रम बढ्दो

दोलखा: स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेमा फर्कने र प्रवेश गर्ने क्रम बढ्दो छ । विहिवार नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष भुवन केसी लगायतका नेता कार्यकर्ता एमालेमै फर्कनु भयो । उहाँहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं बागमति प्रदेशका सहसंयोजक पार्वत गुरुङले स्वागत गर्नु भएको थियो ।

सो अवसरमा नेकपा एकिकृत समाजवादी निकट युवा संघको केन्द्रीय सदस्य श्याम तमाङ, युवा संघको जिल्ला सदस्य राम तमाङ, नगर सदस्य दिनेश श्रेष्ठ, युवा संघ भीमेश्वर नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष मिलन तमाङ, वडा नम्बर ८ का सन्तोष भुजेल लगायतका नेता एमालेमै फर्कनु भएको छ ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले विगतमा पार्टी निर्माणमा महत्वपूर्ण योगदान गर्नुहुने साथीहरुलाई सम्मान पूर्वक एमालेमै फर्कने वातावरण बनाईने र अन्य पार्टीबाट प्रवेश गर्न चाहने साथीहरुलाई पनि सम्मान पूर्वक प्रवेश गराई उचित जिम्मेवारी दिइने बताउनुभयो ।

नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष त्याग गरी एमालेमै फर्कनु भएका नेता भुवन केसीले विगतमा आफुलाई पार्टीले केही कुराहरुमा अन्याय गरेको भएपनि आफुले ४५ बर्ष मेहेनत साथ काम गरेको पार्टी विरुद्ध लाग्ने चाहना नभएकोले पुनः एमालेमै फर्किएको बताउनु भयो ।

कार्यक्रमका सभापति नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ नेकपा एमाले दोलखा अहिले प्रत्येक पालिका, वडा र टोलमा पुगेको र घर फर्कन चाहने तथा पार्टी प्रवेश गर्न चाहने नेता कार्यकर्तालाई हार्दिकता पूर्वक स्वागत गरिरहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी निकट युवा संघको केन्द्रीय सदस्य परित्याग गरी एमालेमै फर्कनु भएका युवा नेता श्याम तमाङले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

केही दिन अघि पनि नेकपा माओवादी केन्द्र दोलखाको १ नम्बर निर्वाचन क्षेत्रीय संयोजक निमा लामा तमाङ, माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं बाग्मती प्रदेश उपाध्यक्ष मिङगुर शेर्पा, माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाका सहसचिव अशोक तमाङ लगायतका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

माले पोलिटब्युरो सदस्य पार्वत गुरुङले विगतमा पार्टी निर्माणमा महत्वपूर्ण योगदान गर्नुहुने साथीहरु लाई सम्मान पूर्वक एमालेमै फर्कने वातावरण बनाईने र अन्य पार्टीबाट प्रवेश गर्न चाहने साथीहरुलाई पनि सम्मान पूर्वक प्रवेश गराई उचित जिम्मेवारी दिने पार्टीको नीति रहेको बताउनु भयो ।

नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष त्याग गरी एमालेमै फर्कनु भएका नेता भुवन केसीले विगतमा आफुलाई पार्टीले केहि कुराहरुमा अन्याय गरेको भएपनि आफुले ४५ बर्ष मेहेनत साथ काम गरेको पार्टी विरुद्ध लाग्ने चाहना नभएकोले पुनः एमालेमै फर्किएको बताउनु भयो । कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ र नेकपा एकिकृत समाजवादी निकट युवा संघको केन्द्रीय सदस्य परित्याग गरी एमालेमै फर्कनु भएका युवा नेता श्याम तमाङले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

केहि दिन अघि पनि नेकपा माओवादी केन्द्र दोलखाको १ नम्बर निर्वाचन क्षेत्रिय संयोजक निमा लामा तमाङ, माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं बाग्मती प्रदेश उपाध्यक्ष मिङगुर शेर्पा, माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाका सहसचिव अशोक तमाङ लगायतका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago