निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेमा फर्कने र प्रवेश गर्ने क्रम बढ्दो

दोलखा: स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेमा फर्कने र प्रवेश गर्ने क्रम बढ्दो छ । विहिवार नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष भुवन केसी लगायतका नेता कार्यकर्ता एमालेमै फर्कनु भयो । उहाँहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं बागमति प्रदेशका सहसंयोजक पार्वत गुरुङले स्वागत गर्नु भएको थियो ।

सो अवसरमा नेकपा एकिकृत समाजवादी निकट युवा संघको केन्द्रीय सदस्य श्याम तमाङ, युवा संघको जिल्ला सदस्य राम तमाङ, नगर सदस्य दिनेश श्रेष्ठ, युवा संघ भीमेश्वर नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष मिलन तमाङ, वडा नम्बर ८ का सन्तोष भुजेल लगायतका नेता एमालेमै फर्कनु भएको छ ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले विगतमा पार्टी निर्माणमा महत्वपूर्ण योगदान गर्नुहुने साथीहरुलाई सम्मान पूर्वक एमालेमै फर्कने वातावरण बनाईने र अन्य पार्टीबाट प्रवेश गर्न चाहने साथीहरुलाई पनि सम्मान पूर्वक प्रवेश गराई उचित जिम्मेवारी दिइने बताउनुभयो ।

नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष त्याग गरी एमालेमै फर्कनु भएका नेता भुवन केसीले विगतमा आफुलाई पार्टीले केही कुराहरुमा अन्याय गरेको भएपनि आफुले ४५ बर्ष मेहेनत साथ काम गरेको पार्टी विरुद्ध लाग्ने चाहना नभएकोले पुनः एमालेमै फर्किएको बताउनु भयो ।

कार्यक्रमका सभापति नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ नेकपा एमाले दोलखा अहिले प्रत्येक पालिका, वडा र टोलमा पुगेको र घर फर्कन चाहने तथा पार्टी प्रवेश गर्न चाहने नेता कार्यकर्तालाई हार्दिकता पूर्वक स्वागत गरिरहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी निकट युवा संघको केन्द्रीय सदस्य परित्याग गरी एमालेमै फर्कनु भएका युवा नेता श्याम तमाङले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

केही दिन अघि पनि नेकपा माओवादी केन्द्र दोलखाको १ नम्बर निर्वाचन क्षेत्रीय संयोजक निमा लामा तमाङ, माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं बाग्मती प्रदेश उपाध्यक्ष मिङगुर शेर्पा, माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाका सहसचिव अशोक तमाङ लगायतका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

माले पोलिटब्युरो सदस्य पार्वत गुरुङले विगतमा पार्टी निर्माणमा महत्वपूर्ण योगदान गर्नुहुने साथीहरु लाई सम्मान पूर्वक एमालेमै फर्कने वातावरण बनाईने र अन्य पार्टीबाट प्रवेश गर्न चाहने साथीहरुलाई पनि सम्मान पूर्वक प्रवेश गराई उचित जिम्मेवारी दिने पार्टीको नीति रहेको बताउनु भयो ।

नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष त्याग गरी एमालेमै फर्कनु भएका नेता भुवन केसीले विगतमा आफुलाई पार्टीले केहि कुराहरुमा अन्याय गरेको भएपनि आफुले ४५ बर्ष मेहेनत साथ काम गरेको पार्टी विरुद्ध लाग्ने चाहना नभएकोले पुनः एमालेमै फर्किएको बताउनु भयो । कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ र नेकपा एकिकृत समाजवादी निकट युवा संघको केन्द्रीय सदस्य परित्याग गरी एमालेमै फर्कनु भएका युवा नेता श्याम तमाङले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

केहि दिन अघि पनि नेकपा माओवादी केन्द्र दोलखाको १ नम्बर निर्वाचन क्षेत्रिय संयोजक निमा लामा तमाङ, माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं बाग्मती प्रदेश उपाध्यक्ष मिङगुर शेर्पा, माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाका सहसचिव अशोक तमाङ लगायतका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago