गोपाल हमालले गरे विवेकशीलबाट राजिनामा

धनगढी विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन् ।

फाइल फोटो

हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन्।उनले राजिनामा पत्रमा भनेका छन ‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन् ।’

पार्टीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ, ‘लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउदछु।’

यस अघि सम्पन्न स्थानिय निर्वाचनमा हमाल स्वतन्त्र रुपमा धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचन लडेका थिए । त्यसबेला उनी कांग्रेसका नृप वड सँग पराजित भएका थिए । हमालले आगामी निर्वाचनमा पनि स्वतन्त्र रुपमा धनगढी उपमहानगरपालिकाको मेयरमा चुनाव लडने तयारी गरेका छन ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago