फाइल फोटो
धनगढी । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन् ।
हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन्।उनले राजिनामा पत्रमा भनेका छन ‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन् ।’
पार्टीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ, ‘लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउदछु।’
यस अघि सम्पन्न स्थानिय निर्वाचनमा हमाल स्वतन्त्र रुपमा धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचन लडेका थिए । त्यसबेला उनी कांग्रेसका नृप वड सँग पराजित भएका थिए । हमालले आगामी निर्वाचनमा पनि स्वतन्त्र रुपमा धनगढी उपमहानगरपालिकाको मेयरमा चुनाव लडने तयारी गरेका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…