टिकटकले भिडियाे अपलोडको समय लम्बाएर १० मिनेट बनाएको छ ।

काठमाडौँ । लोकप्रिय छोटो भिडियाे प्लेटफर्म टिकटकले भिडियाे अपलोडको समय बढाएको छ । पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले यसलाई लम्बाएर १० मिनेट बनाउन लागेको हो ।

फाइल फोटो

सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेको ‘द भर्ज’ले जनाएको छ । १० मिनेट भिडियाेको लेन्थ लम्बाएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियाे अपलोड हुने टिकटकले जनाएको छ । टिकटकले भिडियाेको लम्बाई क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई यसले चुनौती दिएको छ ।

पछिल्लो समय प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले अन्य भिडियाे शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडियाे अपलोड गर्न सकिने फिचर ल्याएको बताइएको छ । युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको छ ।

‘हामी प्रयोगकर्तालाई कसरी हुन्छ नयाँ फिचर दिन सकिन्छ भन्ने विषयमा अध्यययन गर्दै छौँ । गत वर्ष नै हामीले लामो समयसम्म अपलोड गर्न सकिने फिचर टिकटकमा ल्याएका थियौँ । यसलाई अब १० मिनेटसम्म अपलोड गर्न मिल्ने फिचर सार्वजनिक गरेका छौँ । यसले क्रियटर अझ क्रियटिभ हुन मद्दत गर्ने हामीले विश्वास लिएका छौँ ।’ टिकटकको जारी गरेको विज्ञप्तिमा भनेको छ ।

 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago