काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा अख्तियारको कठघरामा पर्ने हुनुभएको छ । जनताका लागि करिद तथा अनुदानमा ल्याइएको २४ लाख डोज कोरोना खोप हिनामिना गरी हराएको बहाना बनाएको तथ्यसहित स्वास्थ्यमन्त्री खतिवडाबिरुद्ध मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता हुन लागेको हो । राष्ट्रिय युवा संघ नेपालले आफ्नो अनुसन्धानपछि मन्त्रीकै संलग्नतामा खोप दुरुपयोग भएको र बच्न हराएको नाटक गरेको पाइएपछि मंगलवार अख्तियारमा लिखित उजुरी दर्ता गर्न लागेको हो । संघका नवौं महाधिवेशन आयोजक कमिटीका संयोजक किरण पौडेलले सवै तथ्यले २४ लाख खोप घोटाला काण्डमा मन्त्रीको प्रत्यक्ष संलग्नता देखिएकोले अख्तियारमा उजुरी दर्ता गर्न लागेको जनताटाइम्स डटकमलाई बताउनु भयो । ‘हाम्रो अनुसन्धानले मन्त्रीकै संलग्नतामा खोप दुरुपयोग भएको र हराएको भनेर जनतालाई झुक्याउने काम भएकोले उजुरी दिन लागेको पोखरेलको भनाई छ ।
स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयको नेतृत्व गरेपछि कोभिड–१९ बिरुद्धको २४ लाख डोज भ्याक्सिन गायव पारेर राज्यकोषको २ अर्व ४० करोड रकम हिनामिना गरेको तथ्य पाइएकाले अख्तियारमा मुद्धा दर्ता गर्न लागेका हौं,’ युवा संघका संयोजक पौडेलले भन्नुभयो ।
युवा संघले यसअघि पनि यस्ता भ्रष्टाचारको बिषयमा आफै छानविन गरी अख्तियारमा उजुरी दर्ता गर्दै आएको छ । माओवादी लडाकू शिवरको घोटाला प्रकरणमा संघले नै लिखित उजुरी दिएपछि अख्तियारले छानविन अघि बढाएको थियो । तर दवावको भरमा सो भ्रष्टाचारको मुद्धा अहिलेसम्म अन्तिम रुप दिइएको छैन ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…