काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा अख्तियारको कठघरामा पर्ने हुनुभएको छ । जनताका लागि करिद तथा अनुदानमा ल्याइएको २४ लाख डोज कोरोना खोप हिनामिना गरी हराएको बहाना बनाएको तथ्यसहित स्वास्थ्यमन्त्री खतिवडाबिरुद्ध मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता हुन लागेको हो । राष्ट्रिय युवा संघ नेपालले आफ्नो अनुसन्धानपछि मन्त्रीकै संलग्नतामा खोप दुरुपयोग भएको र बच्न हराएको नाटक गरेको पाइएपछि मंगलवार अख्तियारमा लिखित उजुरी दर्ता गर्न लागेको हो । संघका नवौं महाधिवेशन आयोजक कमिटीका संयोजक किरण पौडेलले सवै तथ्यले २४ लाख खोप घोटाला काण्डमा मन्त्रीको प्रत्यक्ष संलग्नता देखिएकोले अख्तियारमा उजुरी दर्ता गर्न लागेको जनताटाइम्स डटकमलाई बताउनु भयो । ‘हाम्रो अनुसन्धानले मन्त्रीकै संलग्नतामा खोप दुरुपयोग भएको र हराएको भनेर जनतालाई झुक्याउने काम भएकोले उजुरी दिन लागेको पोखरेलको भनाई छ ।
स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयको नेतृत्व गरेपछि कोभिड–१९ बिरुद्धको २४ लाख डोज भ्याक्सिन गायव पारेर राज्यकोषको २ अर्व ४० करोड रकम हिनामिना गरेको तथ्य पाइएकाले अख्तियारमा मुद्धा दर्ता गर्न लागेका हौं,’ युवा संघका संयोजक पौडेलले भन्नुभयो ।
युवा संघले यसअघि पनि यस्ता भ्रष्टाचारको बिषयमा आफै छानविन गरी अख्तियारमा उजुरी दर्ता गर्दै आएको छ । माओवादी लडाकू शिवरको घोटाला प्रकरणमा संघले नै लिखित उजुरी दिएपछि अख्तियारले छानविन अघि बढाएको थियो । तर दवावको भरमा सो भ्रष्टाचारको मुद्धा अहिलेसम्म अन्तिम रुप दिइएको छैन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…