काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नभएको भन्दै प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले आफ्नो घरमा जनगणना गर्न गणक नै नआएको बताइन् । सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरेकी छन् ।
‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन’ उनले भनिन्, ‘पहिले जनगणना हुँदाखेरि घरघरमा गएर सबै परिवारसँग सोधेर या घरको गार्जियनसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति ? सबै तथ्यांक लिइन्थ्यो । यो कुराहरु मैले मेरो टोलमा पाइन ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले काठमाडौंको जनगणना नै तथ्यपरक नभएको बताए । ‘काठमाडौंमा जहिले पनि माइग्रेसन बढी हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माइग्रसशन संघीयताले पनि रोकेको छैन । अरु जिल्लामा बढ्ने र काठमाडौं नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्रो भएन कि ?’ उनले प्रश्न गरे ।‘केही त जस्टिफिकेसन हुनुपर्‍यो नि । कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किए कि ? नत्र भने यो तथ्य मिलेन’ सांसद पाण्डेले भने ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुनसक्ने बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago