स्थानीय तहको चुनाव जेठ ४ गते : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन्।

जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन्।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा उनले जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताएका हुन्।

बानियाँले सभपातिसँग चुनाव कहिले हुन्छ भनेर सोधेका थिए। जवाफ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘चुनाव जेठ ४ गते हुन्छ। केही दिनमै मिति घोषणा गर्छु।’

भेटमा सहभागी कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले पनि प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताएको जानकारी दिए। ‘हामीले चुनाव कहिले हुन्छ भनेर सोध्यौँ। उहाँले जेठ ४ गते भन्नुभएको छ’, गिरीले भने।

सत्तारुढ पाँच दलीय गठबन्धनको शनिबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय गरेको थियो।

गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजावादीले चुनाव अर्को वर्ष माघ फागुनमा गर्नुपर्ने धारणा राखे पनि कांग्रेसभित्र कुरा नमिल्दा गठबन्धन जेठ मै चुनाव गर्ने निष्कर्षमा पुगेको हो।

आउँदो जेठ ४ गते चुनाव गर्दा कार्यकाल सकिनुभन्दा अघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो।

ऐनको दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले वैशाख १४ र २२ गते चुनाव गर्न सरकारलाई औपचारिक रुपमा सुझाव दिएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले चाँडाे स्थानीय तहको चुनावको मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै आएको छ। उसले गठबन्धनले चुनाव नगर्ने तयारीमा लागेको आरोप लगाउँदै छिटो चुनावको मिति तय गर्न भनेको छ।

एमाले सचिव पद्यमा अर्यालले वैशाखमै चुनाव हुनुपर्ने बताइन्। सोमबार पार्टी कार्यालयमा अर्यालले भनिन्, ‘विगतदेखि हामीले भनिआएका छौँ, स्थानीय निर्वाचन वैशाखभित्र सक्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्नेमा एमाले छ।’

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago