नारायणहिटी संग्रहालयभित्रको महायज्ञ रोकियो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र बिहीबारदेखि हुने भनिएको महायज्ञ रोकिएको छ। कोरोना संक्रमणको जोखिम भन्दै संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवस्तरीय निर्णयले रोकिएको हो।

फाइल फोटो

संग्रहालयस्थित पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले माघ २९ गतेसम्म ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’को तयारी गरेका थिए। नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले आयोजकलाई उपलब्ध गराएको पत्रमा ‘…..जिल्ला प्रशासन कार्यालयको माघ १४ को आदेशबमोजिम महायज्ञ तत्कालका लागि गराउनुहुन निर्णयार्थ अनुरोध छ,’ भनिएको छ।

माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’गरेको दिन हो। महायज्ञ उद्घाटनका लागि बिहीबार पूर्व राजा पनि संग्रहालय जाने कार्यक्रम तय थियो। उनी दरबार छाडेयता त्यहाँ गएका छैनन्। राजा वीरेन्द्रको निवास श्रीसदस्थित पूजाघर हालः सर्वसाधारणका लागि खुला गरिएको छैन। समितिको पुस १२ गतेको बैठकले महायज्ञ गर्न स्वीकृति दिने निर्णय गरेको थियो। मुलुकको अमनचयन, सु–व्यवस्था कायम राख्न साथै विभिन्न संकटबाट मुक्ति पाउन गरिने महायज्ञका लागि पूजाघर उपयुक्त स्थान हुने भन्दै आयोजकले उक्त स्थान रोजेका थिए। नारायणहिटीभित्र हालसम्म कुनै पनि महायज्ञ लगाइएको छैन। 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago