नारायणहिटी संग्रहालयभित्रको महायज्ञ रोकियो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र बिहीबारदेखि हुने भनिएको महायज्ञ रोकिएको छ। कोरोना संक्रमणको जोखिम भन्दै संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवस्तरीय निर्णयले रोकिएको हो।

फाइल फोटो

संग्रहालयस्थित पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले माघ २९ गतेसम्म ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’को तयारी गरेका थिए। नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले आयोजकलाई उपलब्ध गराएको पत्रमा ‘…..जिल्ला प्रशासन कार्यालयको माघ १४ को आदेशबमोजिम महायज्ञ तत्कालका लागि गराउनुहुन निर्णयार्थ अनुरोध छ,’ भनिएको छ।

माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’गरेको दिन हो। महायज्ञ उद्घाटनका लागि बिहीबार पूर्व राजा पनि संग्रहालय जाने कार्यक्रम तय थियो। उनी दरबार छाडेयता त्यहाँ गएका छैनन्। राजा वीरेन्द्रको निवास श्रीसदस्थित पूजाघर हालः सर्वसाधारणका लागि खुला गरिएको छैन। समितिको पुस १२ गतेको बैठकले महायज्ञ गर्न स्वीकृति दिने निर्णय गरेको थियो। मुलुकको अमनचयन, सु–व्यवस्था कायम राख्न साथै विभिन्न संकटबाट मुक्ति पाउन गरिने महायज्ञका लागि पूजाघर उपयुक्त स्थान हुने भन्दै आयोजकले उक्त स्थान रोजेका थिए। नारायणहिटीभित्र हालसम्म कुनै पनि महायज्ञ लगाइएको छैन। 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago