माघे औंसीमा त्रिवेणी धाममा घुइँचो

पूर्वी नवलपरासी ।माघे औंसीका अवसरमा नेपाल र भारतका हजारौं भक्तजन त्रिवेणीधामा आइपुगेका छन् । माघे औंसीको अघिल्लो दिन सोमबारबाटै यहाँ मेला लागेको थियो ।

फाइल फोटो

भारतको बिहार, उत्तरप्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजनहरु यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका छन् । कोरोना महामारीको बेवास्ता गर्दै भक्तजनहरु त्रिवेणीधामका दर्जनौं मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन् ।यहाँका मठमन्दिरमा मंगलबार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको छ । प्रशासनले मेला लाग्न नदिन उर्दी जारी गरेपनि भक्तजनहरु यहाँ ओइरिएका हुन् ।

त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार आज माघे औंसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरुसमेत आउने जनविश्वास रहेकाले यो औंसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको छ । त्रिवेणीधाम बजारबाट दुई किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिव्यधाममा दर्शनार्थीको घुइँचो लागेको छ । यो यहाँको सबैभन्दा ठूलो मन्दिर हो ।

स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिना भएका कारण औंसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।

गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान प्रागऐतिहासिक स्थल हो । रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठूलो महत्त्व छ ।

भगवान् मुक्तिनाथको चरणपादुका स्थल पनि भएकाले यसको धार्मिक महत्त्व रहेको छ । हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएको स्थान गजेन्द्रमोक्ष धाम हो । नारायणी नदीमा बिहानैदेखि यहाँ भक्तजनहरुको घुइँचो लागेको छ । त्रिवेणीका भित्रि सडकहरुमा समेत मेला लागेको छ ।औंसीमा नारायणी नदीमा स्नान गरेर गौदान, तिलदान ,गुणदान गर्नाले विशेष पुन्य मिल्ने विश्वासमा यहाँ भक्तजनहरु आउने गर्दछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago