फाइल फोटो
काठमाडौं । विप्लव नेतृत्व निकट नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले भ्रष्टाचारी र माफियामाथि भौतिक कारवाहीसम्म गरिने चेतावनी दिएको छ । क्रान्तिकारीको सोलुखुम्बु जिल्ला समितिले त्यस्तै एक जना सरकारी इञ्जिनियरलाई जुत्ताको माला लगाउँदै नसुध्रिए भौतिक कारवाहीसमेत गरिने चेतावनी दिएको छ ।
जिल्लाको शिक्षा विकास समन्वय इकाइ समितिका सब इञ्जिनियर पवनकुमार यादव र नवीनकुमार सिंहले विद्यालय भवन निर्माणमा अनियमितता गरेको प्रमाण पाएपछि आफूहरुले कारवाही गरेको क्रान्तिकारीको दाबी छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका विभिन्न विद्यालय भवन निर्माणको क्रममा उनीहरुले भ्रष्टाचार गरेको आरोप लागेको हो ।
यादव र सिंहले उक्त गाउँपालिकाको कैलाश प्राविबाट १ लाख ९० हजार रुपैयाँ, पेल्माङ माविबाट ५० हजार रुपैयाँ र बाखोर निमाविबाट ३५ हजार रुपैयाँ लिएको उल्लेख छ । भवनको गुणस्तरमा सम्झौता गरेर उनीहरुले बुझेको रकममध्ये चेपेल निमाविबाट ३५ हजार, खिरौंले निमाविबाट ७५ हजार रुपैयाँ र बाखोर निमाविबाट थप २५ हजार रुपैयाँ गरि कुल ४ लाख १० हजार रुपैयाँ बुझेको क्रान्तिकारीको आरोप छ ।
जिल्ला संयोजक एर्काराज राईले जारी गरेको विज्ञप्तिमा उनीहरुलाई पटक पटक कमिशन रकम फिर्ता गर्न अनुरोध गरिएको तर निजहरुले अटेर गरेको व्यहोरा उल्लेख छ । अर्कोतर्फ उल्टै आफ्नो संगठनमाथि निरन्तर षड्यन्त्र र सुराकी गरेको भन्दै क्रान्तिकारीले सांकेतिक कारवाही स्वरुप जुत्ताको माला लगाइएको र ती सबै रकम फिर्ता नगरे भौतिक कारवाही गर्न बाध्य हुने जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…