अजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ हजार ७३६ दाबीबापत ३५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ७४४ दाबीबापत १ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ १४ पैसाबाट बढेर ९ रुपैयाँ २७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ८०.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४० पैसा रहेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…