काठमाडौं: ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना संचालन गरिरहेको घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२०.०७ लाख खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास रु.२.३४ करोड घाटामा रहेको थियो। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.४.२५ ऋणात्मक बाट बढेर रु.०.७३ कायम हुन आएको छ।

कम्पनीले दोश्रो त्रैमास सम्ममा रु.१.६४ करोड विद्युत बिक्री आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६६% ले कमी हो। विद्युत बिक्री आम्दानी घटे पनि रु.१.५० करोड बीमा दाबी प्राप्त भएको तथा वित्तिय खर्च घटेकोले कम्पनीको खुद नाफामा प्रगति देखिएको हो।

रु.५५ करोड चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष बढेर रु.१५.४४ लाख कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष वृद्धि भएर रु.५५.१५ करोड कायम हुन आएको छ। शेयरधनीकोष बढेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य रु.९९.३८ बाट बढेर रु.१००.२८ कायम हुन आएको छ।

यस्तै, अघिल्लो त्रैमासमा रु.८९.५९ करोड रहेको कर्जा सापट बढेर रु.९४.२३ करोड पुगेको छ जसले गर्दा कम्पनीको कर्जा र शेयरधनीकोष अनुपात १८३.०४% कायम हुन गएको छ। कर्जाको अंश वृद्धि हुँदै गएमा व्याज खर्चका कारण कम्पनीको नाफा नोक्सान हिसाबमा उलेख्य असर गर्ने गर्दछ। यस अवधिमा कम्पनीले नेपाल राष्ट्र बैंक मार्फत रु.२० करोड बराबरको पुर्नकर्जा प्राप्त गरेको छ जसको व्याजदर ३% रहेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago