काठमाडौं: ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना संचालन गरिरहेको घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२०.०७ लाख खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास रु.२.३४ करोड घाटामा रहेको थियो। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.४.२५ ऋणात्मक बाट बढेर रु.०.७३ कायम हुन आएको छ।
कम्पनीले दोश्रो त्रैमास सम्ममा रु.१.६४ करोड विद्युत बिक्री आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६६% ले कमी हो। विद्युत बिक्री आम्दानी घटे पनि रु.१.५० करोड बीमा दाबी प्राप्त भएको तथा वित्तिय खर्च घटेकोले कम्पनीको खुद नाफामा प्रगति देखिएको हो।
रु.५५ करोड चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष बढेर रु.१५.४४ लाख कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष वृद्धि भएर रु.५५.१५ करोड कायम हुन आएको छ। शेयरधनीकोष बढेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य रु.९९.३८ बाट बढेर रु.१००.२८ कायम हुन आएको छ।
यस्तै, अघिल्लो त्रैमासमा रु.८९.५९ करोड रहेको कर्जा सापट बढेर रु.९४.२३ करोड पुगेको छ जसले गर्दा कम्पनीको कर्जा र शेयरधनीकोष अनुपात १८३.०४% कायम हुन गएको छ। कर्जाको अंश वृद्धि हुँदै गएमा व्याज खर्चका कारण कम्पनीको नाफा नोक्सान हिसाबमा उलेख्य असर गर्ने गर्दछ। यस अवधिमा कम्पनीले नेपाल राष्ट्र बैंक मार्फत रु.२० करोड बराबरको पुर्नकर्जा प्राप्त गरेको छ जसको व्याजदर ३% रहेको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…