अरुण काबेली पावरको खुद नाफामा वृद्धि

२५ मेगावाट क्षमताको काबेली बी-१ जलविद्युत आयोजना संचालन गरिरहेको अरुण काबेली पावर लिमिटेड (AKPL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२०.०२ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ९.६३% ले बढि रहेको छ। खुद नाफा बढेपनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर आम्दानी भने रु.२४.३६ बाट घटेर रु.२१.५९ कायम हुन आएको छ।

कम्पनीले दोश्रो त्रैमास सम्ममा रु.४५.४१ करोड विद्युत बिक्री आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.८८% ले बढि हो। विद्युत बिक्री आम्दानीमा वृद्धि तथा वित्तिय खर्चमा कमी आएको ले कम्पनीको खुद नाफामा प्रगति देखिएको हो।

रु.१.८५ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष २५.०४% ले घटेर रु.२०.६२ करोड कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष भने वृद्धि भएर रु.१.०६ अर्ब कायम हुन आएको छ। शेयरधनीकोष बढेपनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर किताबी मुल्य रु.११८.३४ बाट घटेर रु.१११.१२ कायम हुन आएको छ।

यस्तै, अघिल्लो त्रैमासमा रु.३.६० अर्ब रहेको कर्जा सापट घटेर रु.३.५१ अर्ब पुगेको छ जसले गर्दा कम्पनीको कर्जा र शेयरधनीकोष अनुपात घटेर १७४.३२% कायम हुन गएको छ। कर्जाको अंश वृद्धि हुँदै गएमा व्याज खर्चका कारण कम्पनीको नाफा नोक्सान हिसाबमा उलेख्य असर गर्ने गर्दछ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago