जापानमा प्रवासी नेपाली एकता मञ्चको सचिवालय गठन , कोरोना नियन्त्रणका लागी १० लाख सहयोग हस्तान्त्रण

कविकिरण न्यौपाने, नागोया जापानमा नेकपा एमाले निकट प्रवासी नेपाली एकता मञ्चको सचिवालय गठन गरिएको छ। गत सनिवार भएको राष्ट्रिय कमिटिको पांचौ बैठकले सचिवालय गठन गरेको हो।

त्यस्तै बैठकले नेकपा एमालेको वर्तमान सरकार र पार्टीका अध्यक्ष केपी ओलीका बिरुद्धमा प्रवासी नेपाली मंचको नेताको हवला दिदै जापानका बिपक्षी मातृ संगठनसंग सांठगांठ गरी बिज्ञप्ति निकालेको हुँदा संगठनको एकता र हार्दिकतामा आंच पुर्याउने,अनुसाशनको उल्लङ्घन भएकोले संगठित सदस्य हरि लामिछानेलाई ६ महिनाको लागि संगठित सदस्यबाट निलम्वन गर्ने र सोको जानकारी पार्टी केन्द्रिय संगठन बिभागमा पठाउने निर्णय गरिएको बताइएको छ । संगठनको हित विपरीत जाने जो कोही पनि कारवाहीको भागेदार हुने मञ्चका अध्यक्ष सुरेश केसीको भनाई छ। त्यसै गरी बैठकले प्रवासी नेपाली एकता मञ्चको पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ नेपालको पर्वत जिल्लाको स्थानीय तहको जनप्रतिनिधी जापान आएको बेला जापानको प्रवासी नेपाली एकता मञ्चलाई कमजोर बनाउने कुनै पनि किमिमका गुटगत गतिबिधीमा सहभागी नहुन र त्यस्ता कृयाकलापमा कोहि पनि नलाग्न ,सहभागी नबन्न बिशेष निर्देशन जारी समेत गरेको बताइएको छ।

साथै बैठकले प्रवासी नेपाली एकता मंच अन्तर्राष्ट्रिय कमिटिको आब्हानमा कोभीड च्यालेन्ज फण्डको लागि प्रवासी नेपाली एकता मंच जापानले जापान रहेका समर्थक शुभचिन्कतहरु संग १ हप्ता सहयोग संकलन अभियान संचालन गरेको र सकृय सहभागितामा नेपाली रुपया १०लाख ५५हजार अन्तर्राष्ट्रिय कमिटिलाई हस्तान्तरण गरिएको जानकारी गराउदैं सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई प्रवासी नेपाली एकता मंच जापान द्वारा हार्दिक धन्यबाद ज्ञापन गरिएको मंचमा सचिवालय सदस्य अर्जून अधिकारीले बताए।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago