जापानमा प्रवासी नेपाली एकता मञ्चको सचिवालय गठन , कोरोना नियन्त्रणका लागी १० लाख सहयोग हस्तान्त्रण

कविकिरण न्यौपाने, नागोया जापानमा नेकपा एमाले निकट प्रवासी नेपाली एकता मञ्चको सचिवालय गठन गरिएको छ। गत सनिवार भएको राष्ट्रिय कमिटिको पांचौ बैठकले सचिवालय गठन गरेको हो।

त्यस्तै बैठकले नेकपा एमालेको वर्तमान सरकार र पार्टीका अध्यक्ष केपी ओलीका बिरुद्धमा प्रवासी नेपाली मंचको नेताको हवला दिदै जापानका बिपक्षी मातृ संगठनसंग सांठगांठ गरी बिज्ञप्ति निकालेको हुँदा संगठनको एकता र हार्दिकतामा आंच पुर्याउने,अनुसाशनको उल्लङ्घन भएकोले संगठित सदस्य हरि लामिछानेलाई ६ महिनाको लागि संगठित सदस्यबाट निलम्वन गर्ने र सोको जानकारी पार्टी केन्द्रिय संगठन बिभागमा पठाउने निर्णय गरिएको बताइएको छ । संगठनको हित विपरीत जाने जो कोही पनि कारवाहीको भागेदार हुने मञ्चका अध्यक्ष सुरेश केसीको भनाई छ। त्यसै गरी बैठकले प्रवासी नेपाली एकता मञ्चको पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ नेपालको पर्वत जिल्लाको स्थानीय तहको जनप्रतिनिधी जापान आएको बेला जापानको प्रवासी नेपाली एकता मञ्चलाई कमजोर बनाउने कुनै पनि किमिमका गुटगत गतिबिधीमा सहभागी नहुन र त्यस्ता कृयाकलापमा कोहि पनि नलाग्न ,सहभागी नबन्न बिशेष निर्देशन जारी समेत गरेको बताइएको छ।

साथै बैठकले प्रवासी नेपाली एकता मंच अन्तर्राष्ट्रिय कमिटिको आब्हानमा कोभीड च्यालेन्ज फण्डको लागि प्रवासी नेपाली एकता मंच जापानले जापान रहेका समर्थक शुभचिन्कतहरु संग १ हप्ता सहयोग संकलन अभियान संचालन गरेको र सकृय सहभागितामा नेपाली रुपया १०लाख ५५हजार अन्तर्राष्ट्रिय कमिटिलाई हस्तान्तरण गरिएको जानकारी गराउदैं सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई प्रवासी नेपाली एकता मंच जापान द्वारा हार्दिक धन्यबाद ज्ञापन गरिएको मंचमा सचिवालय सदस्य अर्जून अधिकारीले बताए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago