दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ ।कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र सर्वत्र उब्जीएको छ ।
दाङका विभिन्न स्थानीय तहमा अति विपन्न परिवारले खाधन्नको याचना गर्न थालिसकेका छन् ।सरकार यसप्रति संवेदनशिल बन्न नसक्दा भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालिसकेको छ । यसै बिच विगत लामो समय देखि जापान रहदै आउनु भएका प्रदेश ५ को राजधानी स्थित राप्ती गाउँपालिका वार्ड नं. १ निवासी मनकारी दिल बहादुर बस्नेतले भालुबाङ स्थित पुरानो बजार क्षेत्रका अति विपन्न ७० घर-परिवारलाइ राहत स्वरुप खाधन्न वितरण गर्नु भएको छl
“सेवा नै धर्म,बुझ्नुपर्छ गरिबको मर्म” भन्ने सोचका साथ आफनै खर्चमा अति विपन्न परिवारलाई चामल,दाल,तेल, स्वयाविन, साबुन, मास्क र सेनिटाइजर लगायत गरि प्रतिघर रु.२ हजार २ सय मुल्य बराबरको खाधान्न सामाग्री वितरण गरेको कुरा मनकारी बस्नेतले बताउदै आगामी दिनमा पनि निरन्तर गरिब दुखिको सेवामा लाग्ने बताउनु भयो।
भोकका कारण जनताले मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ जनता बचाउने अभियानमा सबै आआफ्नो तरिकाले लाग्नु पर्ने कुरा समेत अपिल गर्नु भएको छ।
राहत सामाग्री पाएसंगै महिना दिन जति आफनो दैनिकी चल्ने ति अति विपन्न परिवारले बताएका छन् । जनताको सारथी बनेको भन्दै प्रशंसा र धन्यवाद मनकारी बस्नेतलाई ज्ञापन गरेका थिए । साथै,ति परिवारले थप गुजारा चलाउन सहयोगको याचना गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…