१७ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री रप्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाही सिफारिस गरेको छ ।
२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभासंसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
प्रदेश कमिटिका सचिव राजेन्द्र रावलले भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्रीमनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्नसिफारिस गरिएको जानकारी दिए ।
एमालेको प्रदेश कमिटिले यसअघि प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलार्ई पनि साधारण सदस्य नरहनेगरीनिष्कासन गर्न सिफारिस गरिसकेको छ ।
शुक्रबार नियुक्त भएका मन्त्रीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका थिएनन् भने शाह, भट्ट र सुवेदीले स्पष्टीकरण पेश गरेपनिचित्त बुझ्दो नरहेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको रावलले बताए ।
एमालेले प्रदेशसभामा रहेका १० जना सांसदमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी सरकारबाट फिर्ताआउन मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थनकायमै राख्ने निर्णय गरेको थियो ।
शुक्रबार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो । सुदूरपश्चिम प्रदेशसभामासभामुखसहित नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य रहेका छन् ।
उनीहरुमध्ये माधव नेपाल समूहका १८ र ओली समूहका ६ जना छन् । तर पछिल्लो समय यो संख्या घटबढ भएको छ ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…