आफ्नो अन्तरिक्ष स्टेसनमा ३ अन्तरिक्ष यात्री पठाउँदै चीन

चीनले आफ्नो नयाँ स्पेस स्टेसनमा पहिलोपटक अन्तरिक्ष यात्री पठाउने भएको आगामी जुन महिनामा तीनजना अन्तरिक्षयात्रीसहितको रकेट अन्तरिक्ष स्टेसनका लागि प्रक्षेपण गरिनेछ

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमका उपप्रमुख डिजाइनर यांग लिवेइले चीनको सरकारी टेलिभिजनबाट उक्त जानकारी गराएका हुन्

चीनले अन्तरिक्षमा पृथ्वीको कक्षमा स्थापना गरेको आफ्नो तियान्हे स्पेस स्टेसनका लागि इन्धन तथा अन्य वस्दोवस्तीका सामानसहितस्वचालित यान प्रक्षेपण गरेसँगै यांगले आगामी महिना स्पेस स्टेसनमा अन्तरिक्ष यात्री पठाइने खुलासा गरेका हुन्

अन्तरिक्षमा लगाउने कपडा अर्थात् स्पेस शूट, खानेकुरा, अन्तरिक्ष यात्रीलाई आवश्यक पर्ने उपकरण तथा इन्धन लगायतका . टनकार्गो बोकेको तियान्झोउ टू नामक यान आइतबार सफलतापूर्वक तियान्हे स्पेस स्टेसनमा पुगेको

स्पेस स्टेसनका लागि थप मोड्यूल, वन्दोवस्तीका सामान अन्तरिक्ष यात्रीसमेत गरेर यो वर्षको अन्त्य सम्ममा थप ११ वटा प्रक्षेपणगरिने चीनको अन्तरिक्ष एजेन्सीले जनाएको

तेश्रो तथा सबैभन्दा ठूलो स्पेस स्टेसनको रुपमा रहेको तियान्हे स्पेस स्टेसनलाई चीनको महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमको हिस्सामानिएको उक्त स्टेसनको मूख्य मोड्यूल चीनले गत अपि्रल २९ प्रक्षेपण गरेको थियो

स्पेस स्टेसनका लागि जना अन्तरिक्ष यात्री बोकेको शेन्झोउ १२ क्याप्सुल आगामी महिना जिउक्वान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिनेछ

पृथ्वीको कक्षमा पुग्ने पहिलो चिनियाँ अन्तरिक्ष यात्रीसमेत रहेको यांगले अन्तरिक्ष स्टेसनमा पठाइने चिनियाँ अन्तरिक्ष यात्रीको पहिचानतथा थप विवरण भने खुलाएनन्

तथापि उनीहरु अन्तरिक्ष कार्यक्रमको सुरुआतकै सदस्यहरु रहेको बताइएको

हाल अन्तरिक्षमा रहेको बहुराष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनको उपस्थिति छैन खासगरी अमेरिकाको विरोधका कारणचिनियाँ अन्तरिक्ष यात्रीलाई उक्त स्टेसनमा सामेल नगराइएको बताइएको आफूलाई विद्यमान अन्तरिक्ष स्टेसनमा प्रवेश नदिइएपछिचीनले आफ्नै स्टेसन खडा गरेको हो

सन् २००३ बाट अन्तरिक्षमा मानिस पठाउन सुरु गरेको चीनले हालसम्म ११ जना अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाइसकेको , त्यसमध्ये जना महिला अन्तरिक्ष यात्री छन् अन्तरिक्षमा पुग्ने पहिलो चिनियाँ महिला लिउ यांग हुन् उनी सन् २०१२ मा अन्तरिक्षमापुगेकी थिइन्

हालसम्म अन्तरिक्षमा पुग्ने सबै चिनियाँ अन्तरिक्षयात्रीहरु चीनको जनमुक्ति सेनाका पाइलटहरु रहने गरेका छन्

एपीन्यूजबाट

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago