फाइल फोटो
दोहा ,कतार । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएनए सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ ।
नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएनए सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न लागेको हो ।एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार एनआरएनए दोस्रो पुस्ताको यो अभियानमा ४० वर्षसम्मका नवोदित गायक–गायिका भर्चुअलमार्फत् सहभागी हुनेछन् । ‘सार्क मुलुक बाहेकका, गैरआवासीय नेपाली संघ गठन भएका सबै राष्ट्रबाट प्रतियोगीहरुलाई सहभागी गराइने छ,’ रेग्मीले भने, ‘विश्वभरका ६ वटा क्षेत्रीय समितिको सहभागिता रहनेछ, प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन्, ६ वटाभन्दा धेरै राष्ट्रसहितको क्षेत्रीय समिति छ, प्रत्येक राष्ट्रबाट एक प्रतियोगी थपिने छन् ।’
गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना गरिन लागेको उक्त कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्रश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् । विवेक खतिवडाले कार्यक्रम उद्घोषण गर्ने छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार होस्ट कन्ट्रीको भूमिकामा रहेको छ ।
मध्यपूर्व युवा संयोजक राज रेग्मी, अध्यक्ष कुमार पन्त र मध्यपूर्व संयोजक प्रवीण गुरुङ ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ मुख्य सहयोगीको भूमिकामा रहेका मध्यपूर्व संयोजक प्रवीण गुरुङले नेपाली संगीतकर्मीहरूले प्रवासमा रहँदा पनि आफ्नो क्षमतालाई प्रष्फुटन गर्ने अवसर सिर्जना गर्नकै लागि कार्यक्रम आयोजना गरिएको बताए ।
‘नेपाल आइडल, भ्वोइस अफ नेपाल, बुकी-वुकी जस्ता फ्रेन्चाइज रियालिटी शोको ग्रान्ड फिनालेलाई कतारमा सम्पन्न गर्नका लागि मैले व्यवस्थापन हेर्ने जिम्मा पाएको थिएँ, यही अनुभवका कारण मध्यपूर्व यूवा विभागले गर्न लागेको कार्यक्रमलाई सहजीकरण गर्न सजिलो भएको हो,’ गुरुङले भने ।
‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेशन – २०२१’ यो पहिलो सिजन रहने छ । हरेक कार्यकाल अर्थात् प्रत्येक २ वर्षमा एक पटक यो कार्यक्रम हुने रेग्मीले जानकारी दिए । ‘हामीले यस प्रकारको कार्यक्रम सुरुआत गरेका छौं, यसलाई निरन्तरता दिन जसरी मेरा अग्रज मध्यपूर्व संयोजक प्रविण गुरुङले सहजीकरण गरिरहनु भएको छ, त्यसैगरी अब आउने युवा संयोजकलाई मैले सहजीकरण गर्ने छु,’ रेग्मीले भने ।
कोरोना कहरका कारण यस पटक भर्चुअलमार्फत् गर्नुपर्ने बाध्यता रहे पनि आगामी सिजनमा अन्तर्राष्ट्रियस्तरको स्टेज तयार पारेर अन्तर्राष्ट्रियस्तरकै रियालिटी शो गर्ने योजना रहेको रेग्मीले बताएका छन् । आइडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ रहेको रेग्मीले बताए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिने जानकारी उनले दिए । आगामी अप्रिल १६ र १७ तारिखमा प्रतियोगिता सञ्चालन गरिने छ ।
कार्यक्रममा मध्यपूर्व क्षेत्रीय उपसंयोजकद्वय मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ र राजेन्द्र अर्याल ‘जोन’ एवं मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेलले विशेष सहकार्यको भूमिका निर्वाह गरेका छन् । संयोजक रेग्मीले यो कार्यक्रमलाई सफल बनाउन साथ र हौसला दिने एनआरएनए अध्यक्ष कुमार पन्त, संघकी युवा तथा महिला विभाग प्रमुख, युवा संयोजक, महिला संयोजक लगायत पदाधिकारीहरू, सल्लाहकार तथा सम्पूर्ण एनआरएनए अभियन्ताहरूप्रति आभार पनि व्यक्त गरेका छन् ।
‘हाम्रो साथमा मध्यपूर्व मात्र होइन, संसारभरका अभियन्ताहरूको भरपुर समर्थन र प्रोत्साहन छ, र आज यो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न हामी लागिरहेका छौं, मलाई विश्वास छ, प्रत्येक प्रवासी नेपालीको हामीलाई साथ रहने छ,’ उनले भने ।कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए आइसीसीका सल्लाहकार टिबी कार्की, सचिव आरके शर्मा, प्रवक्ता डिबी कार्की, युवा संयोजक हिमाल गुरुङ, महिला संयोजक भोमा लिम्बु, आइसीसी सदस्य यस्मीन सैयद बेगम, एनसीसी कतारका अध्यक्ष मोहमद मोक्तदा लगायतले एनआरएनए आइडलको आयोजनाबाट मध्यपूर्वमा एनआरएनको गरिमा बढ्ने बताए ।
कस्तो हुने छ छनौट प्रक्रिया ?
कार्यक्रममा तीन चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ । पहिलो चरणलाई डिजिटल राउण्ड भनिएको छ । ‘डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा दुई मिनेटसम्मको सफा र प्रष्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषदलाई र रेकर्डका लागि आयोजक कमिटीलाई पनि सीसी गरी पठाउनु पर्नेछ’, संयोजक रेग्मीले भने ।
‘प्रत्येक राष्ट्रिय समन्वय समितिले उक्त भिडियो हेरेर क्षेत्रीय समितिलाई छनौटका लागि पठाउने छ ।’ प्रत्येक क्षेत्रीय समितिले छनौट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना मा मिति १० अप्रिल २०२१ सम्ममा पठाउनु पर्नेछ ।रेग्मीका अनुसार आयोजक कमिटीले प्राप्त प्रतियोगीहरूको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने र डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मूल्यांकन गर्दै पहिलो चरणमा जम्मा प्रतियोगीमध्येबाट ३७ जना प्रतियोगीलाई मात्र छनौैट गरी ओपनिङ राउन्डमा लैजाने छ ।
छनौट भएका ३७ जना प्रतियोगीहरूको नामावली १३ अप्रिल २०२१ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिलाई जानकारी गराउने रेग्मीले बताए । त्यसपछि ओपनिङ राउन्डलाई तीन चरणमा बाँडिने र डिजिटल राउन्डबाट छनौट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउन्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउन्डको ‘सा रे ग म राउन्ड’मा प्रवेश गराउने नियम तय भएको छ ।‘ओपनिङ राउन्डको सा रे ग म राउन्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउन्डमा प्रवेश पाउने छन् । ती प्रतियोगी स्वतः फाइनल राउन्डमा सहभागी हुन पाउने छन्,’ रेग्मीले भने ।
फाइनल राउन्डलाई तीन चरणमा विभाजित गरिने छ । जसमा ओपनिङ राउन्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट चार जना प्रतियोगीहरू बाहिरिने छन् । नौ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप चार जना प्रतियोगी बाहिरिने र अन्तिममा पाँच जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउने रेग्मीले बताए ।‘प्रतियोगीले ग्राण्ड फिनालेमा एक–एक वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा एक जना प्रतियोगी बाहिरिने र चार जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ,’ रेग्मीले भने ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…