Categories: राशिफल

आजको राशिफल तथा पञ्चाङ्ग

आज मिति २०७७ साल चैत्र १९ गते बिहिबार, तदनुसार १ अप्रिल २०२१, प्रमादीनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु चैत्र कृष्णपक्ष चतुर्थि तिथी विशाखा नक्षत्र, तुला राशि, आउनुहोस धर्मरक्षार्थ श्री विण्णुनारायणको दर्शन सँगै आजको दिनको शुभारम्भ गरौ ।
ज्यो. जयराम सापकोटा

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।
बिण्णु प्राथना
यस्य हस्तेगदाचक्रं गरुडो यस्यवाहनं,
शङख करलते यस्य स मे विण्णु प्रसिदतु।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago