अर्घाखाँची समाज जापानद्वारा मृर्गौला पीडीत रानालाई आर्थीक सहयोग हस्तान्तरण ।

 जनवरी ३१ जापान । अर्घाखाँची समाज जापानले मृर्गौला पीडीत अलिसा रानालाई १ लाख ८७ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
समाजले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ५ बुदनमाराकी रानालाई उपचारको लागि आर्थिक सहयोग गरेको हो । शुक्रबार समाजको प्रतिनिधित्व गर्दै अर्घाखाँचीका विकास जिसीले रानालाई हस्तान्तरण गर्नुभएको थियो । बिगत केही समय देखि दुवै मृर्गौलाको समस्याबाट ग्रसित उनको बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचार भैरहेको पारिवारीक श्रोतले बताएको छ । पारिवारीक अवस्था कमजोर भएको र मृर्गौलाको उपचार महङ्गो हुने भएकोले परिवारले अर्घाखाँची समाज जापानलाई सहयोगका लागी अपिल गरेको थियो । परिवारको अपिललाई ध्यानमा राख्दै समाजका कोषाध्यक्ष टोपबहादुर घर्तीमगरको संयोजनमा समाजले आर्थीक संकलन अभियान संचालन गरेको थियो । उक्त अभियानमा बिभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा जापानमा रहनुभएका अर्घाखाँचीबासी नेपालीहरुले सहयोग गर्नुभएको थियो । समाजका अध्यक्ष बाबुराम पौडेलले कोरोनाको विषम परिस्थितिमा पनि आफ्नो गाँस काटेर सहयोग गर्नुभएकोमा सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको भयो । अध्यक्ष पौडेलले जिल्लामा आईपर्ने समस्यालाई आफनो समस्या सम्झी समाजको स्थापनाकालदेखि नै बिभिन्न खालका सहयोग गर्दै आएको बताउनुभयो । संकलित रकम समाजका संरक्षक नेत्र बिष्टको उपस्थितिमा फोरेक्स जापानको सिनओकुबु शाखाबाट पठाईएको थियो ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago