नेप्सेले २६७७ लाइ ब्रेक गरे ट्रेन्ड रिभर्सल कन्फर्मेसन हुने

मंगलबार १.६४ बिन्दुले घटेर नेप्से -०.०६%  गिरावटकासाथ २६२८.३७ पुगेको हो। कारोबार भएका २२५ कम्पनी मध्ये ८९ कम्पनी उकालो लागेका छ्न्‌, ८६ कम्पनी ओरालो लागेका छ्न्‌ र १४ कम्पनी स्थिर रहेका छन् ।कारोबार भएका तेह्र उप-समुहमध्ये सबै ६ उप-समुहको सेयर मुल्य उकालो लागेका छ्न्‌ भने ७ उप-समुहको सेयर मुल्य ओरालो लागेका छ्न्‌ ।

प्राविधिक विश्लेषण सुचक
बोलिन्जर ब्याण्ड

गत दिन भन्दा बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाँउछ (आज को फरकः २६८.६)  जसले बजारमा भोलाटाइलिटी आज बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२६२८.३७) भन्दा माथि क्लोज भएको छ । नेप्सेले  लोवर ब्याण्ड लाइ  सपोर्ट एरिया बनाएको देखिन्छ ।

क्यान्डलस्टिक
आज नेप्सेले लङलेग डोजी क्यान्डलस्टिक बनाएको छ जसले अनिश्चितताको संकेत गर्दछ ।क्युमुलेटिभ एडी लाइन हिजो -१६३३ देखी बढेर -१६३० मा आएको छ। नेप्सेको कुल भोल्युम  ५,२६५,०९० रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (८१,७३३,८४८.७६) को ६४  प्रतिशत देखिएको छ । नेप्से  लोवर  ब्याण्ड भन्दा माथी  क्लोज भएको छ  र लोवर ब्याण्डलाइ सपोर्ट एरिया बनाएको देखिन्छ। एमएसिडि लाइनले सिग्नल लाइनलाइ क्रस गरेर तलतिर गएको देखिन्छ र सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल आएको छ जुन राम्रो संकेत हैन। +१४ डिएमआई लाईन, -१४ डिएमआई लाईन डाइभर्जनमा गएको देखिन्छ ।

आरएसआइ आज ३७.९८ बाट घटेर ३७.८४ मा आएको देखिन्छ जसले बजारले कुनै निश्चित दिशा निर्धारण गर्न नसकेको देखिन्छ। नेप्से आज ०.६१८ फिबोनाकी रिट्रेसमेन्ट लेवल एरियामा आएर बन्द भएको देखिन्छ। नेप्सेले २६२० को एरियालाइ सपोर्ट बनाएको छ। यदि आगामी दिनमा पनि २६२० को एरियालाइ सपोर्ट गर्छ भने मिडल ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ। यदि भोली बजारले हिजोको हाई (२६७७.८७)लाइ ब्रेक गर्छ भने ट्रेन्ड रिभर्सल कन्फर्म हुनेछ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago