केपी ओलीले १०४६ मत ल्याउँदा भीम रावलले पाए १२२

सौराह – चितवनको सौराहमा जारी एमालेको १० औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा केपी शर्मा ओलीले १०४६ मत पाउँदा  पाउँदा भीम रावलले १२२ मत पाएका छन्। अहिलेसम्म ४९ वटा मेसिनको मतगणना भइसकेको छ।

सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमबाट मतदान गरिएको थियो। जसको अन्तिम परिणाम एकघन्टाभित्रै आउने निर्वाचन आयोगले जनाएको छ।

मतदानमा दुई हजार ९६ मत खसेको थियो। १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि मतदान भएको हो। निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथसँगै पहिलो केन्द्रीय समितिको बैठकसमेत सौराहमै हुने एमालेले जनाएको छ।

अध्यक्षमा ओलीविरुद्ध रावलले उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मत नेतृत्व चयन गर्ने महाधिवेशनको प्रयास असफल भएको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago