विज्ञापन बोर्डको निर्णयप्रति सरोकारवाला संघसंस्थाको आपत्ति

फाइल फोटो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, विज्ञापन बोर्डले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचार प्रसार नपाउने गरी जारी गरेको विज्ञप्तीप्रति नेपाल विज्ञापन संघ, मिडिया अलाइन्स नेपाल, मिडिया सोसाइटि नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ तथा नेपाल फुटवल संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

फाइल फोटो

मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशहरुमा खुला नै रहेको स्मरण गराउँदै विभिन्न संघ तथा संस्थाहरुले मदिरालाई खाद्य वस्तुकै रुपमा लिने गरिएको र नेपालमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको पनि स्मरण गराएका छन् । तर यसको विज्ञापन प्रशारण र विज्ञापनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव भएको संघसंस्थाहरुको तर्क छ ।
नेपालमा विश्वभरवाट मदिरा आपूर्ति हुने गरेको सर्वविदीतै छ भन्दै यस्तोमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाएपनि विदेशी मिडिया वा सामजिक सञ्जाल मार्फत विज्ञापन गरी नेपाली उपभोक्ता माझ प्रवद्र्धन गर्ने विकल्प कायमै रहेको पनि जनाएका छन् । कानुन अनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनैपनि स्थान र माध्यमबाट गर्न नपाउने तर विदेशी ब्राण्डले विदेशी सञ्चार वा एजेन्सी मार्फत निरन्तर रुपमा आफ्नो ब्राण्डको प्रवद्र्धन गर्न पाउने अवस्थाले स्वदेशी लगानी र ब्राण्डमा समेत असर पर्ने भन्दै यसले रोजगारीमा समेत परेर व्यवसाय धरासायी हुने उनीहरुले सरकारलाई हेक्का दिलाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विज्ञापन रोक्दैमा वस्तुको उपभोग कम हुने होइन । बरु सभ्य किसिमको उपभोगमा उक्साहट नगर्ने किसिमका विज्ञापनहरुले उपभोक्तालाई आफ्नो चाहना अनुसारको वस्तु छनोट गर्न मद्दत पु¥याउँछ । नेपाली उद्योग र उत्पादनहरुको नियमन गर्ने विधि तय नगरी विज्ञापन मात्रै गर्न नपाउने एकतर्फी निर्णयले उत्पादनको विज्ञापन सम्बन्धित व्यवसायमा पनि यसको प्रभाव प्रतिकूल पर्न गई समग्र देशको अर्थतन्त्रमा नै नकारात्मक असर पर्न जाने हुन्छ । यसको असर नेपालभित्रका विज्ञापन एजेन्सी, मिडिया र उत्पादन गर्ने यस क्षेत्रका उद्योगमा समेत पर्नेछ । नेपाली नीजि क्षेत्रलाई प्रभावित पार्ने किसिमको विज्ञापन बोर्डको निर्णय अबिलम्ब फिर्ता हुनुपर्ने हाम्रो माग छ ।’
‘विज्ञापनको विश्वव्यापी परिभाषा र भूमिकामा बृहत परिमार्जन भै विज्ञापन उपभोक्ताको छनौटको अधिकार बनिसकेको छ । तर सरकारी निकायले यसरी उपभोक्ताको सुनिश्चित हुने हक अधिकारकै हित कुण्ठित हुने गरी जारी विज्ञापन बोर्ड जस्तो विज्ञापनको बृहस्तर हितको लागि गठित बोर्ड जस्तो विज्ञापनको बृहत्तर हितको लागि गठित बोर्डबाट नै यस्तो विज्ञप्ती जारी हुनु दुःखद कुरा हो ।’
कडा मादक पदार्थको उत्पादनको विज्ञापनलाई छापा रेडियो, टेलिभिजनको विशेष स्थानमा मात्र प्रकाशन र प्रशारण गर्ने विश्वव्यापी प्रचलन छ । कतिपय मुलुकमा बियर जस्ता हल्का मादक पदार्थको विज्ञापनमा बन्देज लगाएको पाइँदैन । विश्वब्यापी प्रचलन अनुसार मादक पदार्थ र हल्का मादक पदार्थको वर्गिकरण गरी विज्ञापन गर्न पाउने र उपभोक्ता सुसुचित हुन पाउने अधिकारलाई सुनिश्चित गर्न संघसंस्थाहरुले सरकारसँग माग गरेका छन् । विज्ञापन बोर्डले विज्ञापन प्रकाशन प्रशारणमा लगाएको रोक तत्कालै हटाएर सहज व्यावसायिक वातावरण निर्माणको लागि सरकारसँग अनुरोध गर्दै विज्ञप्तिमा सरकारले हस्तक्षेपकारी ढंगवाट विज्ञापन बोर्डको सूचना फिर्ता नलिए कडा कदम चलाउन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago