मनमोहन अस्पताललाई रोटरीबाट डायलायसिस मेसिन ।

झापा, १७ वैशाख । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले रु एक करोड २० लाख मूल्य बराबरको सात थान किडनी डायलायसिस मेसिन प्रदान गरेको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

मानवीय सेवामा समर्पित क्लबले गत वर्ष कोभिड– १९ को कहर शुरु भएलगत्तै डाइलायसिस गर्नुपर्ने बिरामीलाई परेको कठिनाइ ध्यानमा राखी बिर्तामोडमा डायलायसिस सेन्टर स्थापनाको पहल गरेको थियो । अस्पतालले सो डायलायसिस सेन्टर हालै सञ्चालनमा ल्याएको छ । त्यहाँ जापानबाट आयातित अत्याधुनिक सात थान डायलायसिस मेसिन, एक थान डाइलाइजर रि–प्रोसेसिङ मेसिन, एक थान वाटर प्युरिफायर र सात थान इलेक्ट्रिक बेड छन् । झापामा मिर्गाैला रोगी बढिरहेका अवस्थामा रोटरीले जिल्लामा सबैभन्दा बढी क्षमताको डायलायसिस सेन्टर स्थापना गरिदिएको क्लबका अध्यक्ष प्रशान्त भण्डारीले बताउनुभयो । अस्पतालले रोटरीसँगको सम्झौताबमोजिम भौतिक तथा आर्थिक व्यवस्थापन आफँै गरी डायलायसिस सेन्टर सञ्चालन गरेको हो ।

सङ्घीय सरकारले तोकेको रु दुई हजार पाँच सय शुल्कमा बिरामीले यहाँबाट सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश खरेलले बताउनुभयो । आउँदो साउनदेखि सरकारी सुविधा पाएपछि डायलायसिस सेवा निःशुल्क हुने जनाइएको छ । हाल झापाका भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पाँच र ॐसाई पाथीभरा हस्पिटलमा पाँच शय्याको डायलायसिस मेसिन सञ्चालनमा छन् । बिर्तामोडको बिर्तासिटी हस्पिटलमा चार र बिएन्डसी हस्पिटलमा चार शय्याको डायलायसिस मेसिन छन् । दमकको लाइफलाइन हस्पिटलमा समेत पाँच शय्याको मेसिन सञ्चालनमा छ । मनमोहन अस्पतालको सो डायलायसिस सेन्टरमा १० नर्सिङ स्टाफ रहेको र २४ घण्टै सेवा चालु भइरहेको नर्सिङ इञ्चार्ज सुमन सेढाईँले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago