मनमोहन अस्पताललाई रोटरीबाट डायलायसिस मेसिन ।

झापा, १७ वैशाख । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले रु एक करोड २० लाख मूल्य बराबरको सात थान किडनी डायलायसिस मेसिन प्रदान गरेको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

मानवीय सेवामा समर्पित क्लबले गत वर्ष कोभिड– १९ को कहर शुरु भएलगत्तै डाइलायसिस गर्नुपर्ने बिरामीलाई परेको कठिनाइ ध्यानमा राखी बिर्तामोडमा डायलायसिस सेन्टर स्थापनाको पहल गरेको थियो । अस्पतालले सो डायलायसिस सेन्टर हालै सञ्चालनमा ल्याएको छ । त्यहाँ जापानबाट आयातित अत्याधुनिक सात थान डायलायसिस मेसिन, एक थान डाइलाइजर रि–प्रोसेसिङ मेसिन, एक थान वाटर प्युरिफायर र सात थान इलेक्ट्रिक बेड छन् । झापामा मिर्गाैला रोगी बढिरहेका अवस्थामा रोटरीले जिल्लामा सबैभन्दा बढी क्षमताको डायलायसिस सेन्टर स्थापना गरिदिएको क्लबका अध्यक्ष प्रशान्त भण्डारीले बताउनुभयो । अस्पतालले रोटरीसँगको सम्झौताबमोजिम भौतिक तथा आर्थिक व्यवस्थापन आफँै गरी डायलायसिस सेन्टर सञ्चालन गरेको हो ।

सङ्घीय सरकारले तोकेको रु दुई हजार पाँच सय शुल्कमा बिरामीले यहाँबाट सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश खरेलले बताउनुभयो । आउँदो साउनदेखि सरकारी सुविधा पाएपछि डायलायसिस सेवा निःशुल्क हुने जनाइएको छ । हाल झापाका भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पाँच र ॐसाई पाथीभरा हस्पिटलमा पाँच शय्याको डायलायसिस मेसिन सञ्चालनमा छन् । बिर्तामोडको बिर्तासिटी हस्पिटलमा चार र बिएन्डसी हस्पिटलमा चार शय्याको डायलायसिस मेसिन छन् । दमकको लाइफलाइन हस्पिटलमा समेत पाँच शय्याको मेसिन सञ्चालनमा छ । मनमोहन अस्पतालको सो डायलायसिस सेन्टरमा १० नर्सिङ स्टाफ रहेको र २४ घण्टै सेवा चालु भइरहेको नर्सिङ इञ्चार्ज सुमन सेढाईँले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago