फाइल फोटो
काठमाडौँ ,बैशाख १७ । नेपाली सेनाले १५ वर्षअघि धौलागिरी हिमालमा हराएको एक हेलिकप्टर र दुई वटा शव फेला पारेको छ ।
सेनाको ‘सफा हिमाल अभियान २०२१ अन्तरगत हिमालको फोहोर संकलन गर्दा सन् २००६ मा दुर्घटना परेर हराएको एयर डायनेष्टिक हेलिकप्टर फेला पारेको हो । नाइन एन ए सीआर कलसाइनको हेलिकप्टर सेनाको सफाइ टोलीले फेला पारेको सेनाले जनाएकोछ ।
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा मिति २०७८/०१/१५ गते धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका २ (दुई) वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ कि.मि. ईटालि बेस क्याम्पतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष समेत फेला परेको छ’ सेनाले भनेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…