प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

चितवन, प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गर्नुभएको भरतपुर महानगरपालिका१०स्थित बाइपास सडक नजीक सिटीहलको उहाँले आज शिलान्यास गर्नुभएको हो

शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो देशको मध्यभागमा रहेर पनि ठूलो सभासमारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटीहल निर्माण शुरु गरेको हो सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो सोही जग्गामा सिटीहल निर्माण थालिएको हो सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ

शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणिपौडेललगायत सहभागी हुनुभएको थियो सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्याससँगै ताम्रपत्र अनावरण गर्नुभएकोथियो

कार्यक्रममा श्रीराम जानकी बालिका आश्रमका बालिकाले स्वस्तिवाचन गरेका थिए सिटीहल निर्माणका लागि सङ्घीयसरकारअन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन इन्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको जिल्लासमवन्य समिति पछाडि रहेको चार बिघा चार कट्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो

मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएकोहो सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ सघन शहरी तथा भवन निर्माणआयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल रहनेछ विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ दुईवटा ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँलेजानकारी दिनुभयो सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगँैचा हुनेछ सवारीपार्किङका लागि २५७ गाडी ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ

उच्चस्तरका निर्माण सामग्री आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ उहाँले भन्नुभयो, “हालसम्म यति सुविधासम्पन्न सुन्दर सिटीहल नेपालमा बनेको छैन दुई वर्ष तीन महिनाभित्रमा काम सम्पन्न गर्ने गरीमङ्सिर १८ गते सम्झौता भएको हो सम्झौता भएलगत्तै कामलाई तीव्रता दिइएको हाल जमीनमुनिको काम भइरहेको सिटीहलबनेसँगै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिनेछ देशको मध्यभागमा रहेको सबै ठाउँबाटयातायातको सहज पहुँच भएका कारण राजनीतिक दल, तिनका भ्रातृ संस्था, विभिन्न सङ्घसंस्थालगायत कार्यक्रम गर्न यहाँ सहज हुनेछ

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago