अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, भीम रावलसँग प्रतिस्पर्धा हुने

चितवनको सौराहास्थित होटल सेभन स्टार परिसरमा रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगको कार्यस्थलमा पुगेर ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनले सहमितको प्रयास गरेका थिए। सहमति जुट्न नसकेपछि चुनावी प्रक्रिया थालिएको हो।

फाइल फोटो

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल छन्। उनले गएराति सार्वजनिक गरेको पदाधिकारी सूचीमा पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव छनोट गरेका थिए। यसअघि अध्यक्ष पदका लागि एमाले नेता भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन्। अब अध्यक्ष पदका लागि ओली र रावलबीच प्रतिस्पर्धा हुने भएको छ।

अध्यक्ष पदका लागि ओलीको यो तेस्रो उम्मेदवारी हो। उनले पहिलो पटक आठौं महाधिवेशनमा उम्मेदवारी दिएका थिए। त्यतिवेला झलनाथ खनालसँग पराजित भएका थिए।त्यसपछि दोस्रो पटक नवौं महाधिवेशनमा उम्मेदवारी दिएका थिए। त्यतिवेला माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए।

त्यस्तै, भीम रावलले पहिलो पटक अध्यक्षमा उम्मेदवारी दिएका हुन्। यसअघि नवौ महाविधेशनमा उनी उपाध्यक्षमा सबैभन्दा बढी मत लिएर निर्वाचित भएका थिए।एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्वका लागि चुनावी प्रक्रिय चलिरहेको छ। उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। दुवै जना ओलीको पदाधिकारी सूचीमा परेका थिएनन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago