अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, भीम रावलसँग प्रतिस्पर्धा हुने

चितवनको सौराहास्थित होटल सेभन स्टार परिसरमा रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगको कार्यस्थलमा पुगेर ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनले सहमितको प्रयास गरेका थिए। सहमति जुट्न नसकेपछि चुनावी प्रक्रिया थालिएको हो।

फाइल फोटो

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल छन्। उनले गएराति सार्वजनिक गरेको पदाधिकारी सूचीमा पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव छनोट गरेका थिए। यसअघि अध्यक्ष पदका लागि एमाले नेता भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन्। अब अध्यक्ष पदका लागि ओली र रावलबीच प्रतिस्पर्धा हुने भएको छ।

अध्यक्ष पदका लागि ओलीको यो तेस्रो उम्मेदवारी हो। उनले पहिलो पटक आठौं महाधिवेशनमा उम्मेदवारी दिएका थिए। त्यतिवेला झलनाथ खनालसँग पराजित भएका थिए।त्यसपछि दोस्रो पटक नवौं महाधिवेशनमा उम्मेदवारी दिएका थिए। त्यतिवेला माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए।

त्यस्तै, भीम रावलले पहिलो पटक अध्यक्षमा उम्मेदवारी दिएका हुन्। यसअघि नवौ महाविधेशनमा उनी उपाध्यक्षमा सबैभन्दा बढी मत लिएर निर्वाचित भएका थिए।एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्वका लागि चुनावी प्रक्रिय चलिरहेको छ। उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। दुवै जना ओलीको पदाधिकारी सूचीमा परेका थिएनन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago