आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक, बजेटका मुख्य विशेषता तथा पुर्णपाठ

जेठ, १५ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । प्रतिनिधि सभा विघटन भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्नुभएको हो । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

बजेटका मुख्य विशेषताहरु

प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको छ । संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ४१।२ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको २२।७ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात १२।६ प्रतिशत विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३। ५ प्रतिशत रहेको छ । विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाइने छ । नपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिइने जसअनुसार ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र २ खर्ब ५० अर्ब आन्तरिकबाट उठाइने छ ।

  • सबैभन्दा धेरै बजेट शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
  • स्वास्थ्यमा हालसम्मकै बढि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन
  • रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन
  • ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि
  • आगामी आर्थिकवृद्धिदर र मुद्रास्फीति दुबै करिब ६.५ हुने अनुमान
  • वैदेशिकरोजगारबाट फर्केकाहरूलाई ५ प्रतिशतमा ऋणरयुवा स्वरोजगारकोषमार्फत १२ हजार युवालाई स्वरोजार बनाउने र ऋणमा ५० प्रतिशत अनुदान
  • प्रत्येक ७५३ स्थानीयतहमा १-१ वटा दमकल
  • सुरक्षाकर्मीको उच्चमनोबलको लागि रासनमा १५ प्रतिशत थप,
  • सूचना तथा सञ्चारतर्फ ७५३ स्थानीयतहमा ४ जी नेटवर्क जडान,
  • श्रमजीवीपत्रकारको लागि ७ लाखको बीमा,
  • त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थल काठमाण्डौलाई मौलिक तथा बुटीक बनाईने,
  • बायो र सौर्य तथा लघुऊर्जा उत्पादनमा ९० प्रतिशत अनुदान,
  • सबै स्वास्थ्यकर्मीलाई १ वर्षसम्म ५० प्रतिशत जोखिमभत्ता उपलब्ध,
  • विपन्नपरिवारका घरमा विद्युतजडान निस्शुल्क,
  • पूर्व-पश्चिम महेन्द्र राजमार्गलाई ४ लेन बनाईने,
  • स्नातकतह उत्तीर्ण गरेकालाई शैक्षिकप्रमाणपत्र धरौटी राखी बेरोजगारलाई ५ प्रतिशत ब्याजदरमा २५ लाख ऋण दिने,
  • आगामी ३ वर्षभित्र रासायनिकमल उद्योग स्थापना,
  • १४ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका वृद्धको मुटुरोग उपचार निःशुल्क,
  • अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा
  • काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा प्रदान गरिने
  • पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य गरिने
  • सांसद विकास कोष खारेज
  • सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, दुई महिनाको योगदान रकम सरकारले तिर्ने
  • महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि
  • सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने
  • सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
  • विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौति
  • कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड
  • मुल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक बर्ष कर अधिकृत बाट स्विकृत गर्ने व्यवस्था खारेज
  • साविकका समितिको सम्पत्ती कम्पनीमा रुपान्तरण हुने
  • मूल्य अभिवृद्धि करको दर यथावत
  • रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि

बजेटको पुर्णपाठ – बजेट वक्तव्य 2078

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago