पहिरोले अबरुद्ध राजमार्ग एकतर्फी खुल्यो

पाल्पा, १५ जेठ ।
निरन्तर तीन दिन देखिको बर्षाले अवरुद्ध भएको सिद्धार्थ राजमार्गको तानसेन – बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडकको विभिन्न स्थानमा खसेको पहिरोले बाटो अबरुद्ध भएको थियो । तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएको थियो भने सडकको गौंडे, बर्तुङ, दोभान, झुम्सा लगायतको क्षेत्रका सानसाना पहिरो खसेका थिए ।
सिसुवा क्षेत्रमामा खसेको पहिरो बिहानदेखिको निरन्तर प्रयास पछि हटाइएको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर सिबु खत्रीले जानकारी दिनुभयो । सडक सुचारु भए संगै रोकिएका सवारीसाधन सूचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख अर्जुन सुवेदीले जानकारी दिनुभयो ।
बर्षा वा अन्य समय जहिलेपनी जोखिममा रहेको सडकमा यात्रा गर्दा बिशेष ख्याल गरेर यात्रा गर्न निमित्त प्रमुख सुवेदीले आग्रह गर्नुभएको छ । यो क्षेत्रमा अहिले बर्षा रोकिएको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago