नेपाल प्रेस यूनियनका पदाधिकारीहरु डाक्टर सहित कोरोना संक्रमित पत्रकारहरुको घर दैलोमा

कपिलवस्तु । नेपाल प्रेस यूनियनका पदाधिकारीहरु डाक्टर सहित स्वास्थ्यकर्मीको टोलीलिएर स्वास्थ्य परामर्श सेवा दिन कोरोना संक्रमित पत्रकारहरुको घर दैलोमा पुगेका छन् ।

नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारीको नेतृत्वमा जिल्ला सचिव मणि प्रसाद गैरे, कोभिड फोकल पर्सन विनोद अधिकारी लगायत कपिलवस्तु आयुर्वेद केन्द्रका प्रमुख डा. प्रवेश श्रीवास्तव र डा. आशीषकुमार चौधरी सहितको स्वास्थ्यकर्मीको टोली निरन्तर रुपमा कोरोना संक्रमित पत्रकारको घर दैलोमा पुगी स्वास्थ्य परामर्श सेवा प्रदान गरिरहेका छन् ।

घर दैलोमा पुगेका डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीले संक्रमित पत्रकारको घर परिवारमा पनि ज्वरो नाप्ने, अक्सिजनको लेभल नाप्ने र अन्य स्वास्थ्य परामर्श दिने गरेको नेपाल प्रेस यूनियनका सचिव मणि प्रसाद गैह्रेले बताए ।

स्वास्थ्यकर्मी सहितको प्रेस यूनियनको टोलीले नेपाल पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष स्वेता गिरी लगायत ६ जना कोरोना संक्रमित पत्रकारको घरमा पुगी स्वास्थ्य तथा परामर्श सेवा, स्वास्थ्य सामाग्री, हेल्थ किट, च्यवन प्राशलगायत डई फ्रुट प्रदान गरेका छन् ।

आयुर्वेद केन्द्रबाट गएका डाक्टरहरुको टोलीले संक्रमित पत्रकारहरुलाई रोग प्रतिरक्षात्मक क्षमता बढाउने खालका औषधिहरु प्रदान गरी यसको सेवन विधिका बारेमा र संक्रमणकालमा गरिने विभिन्न योग अभ्यासका बारेमा जानकारी गराएका छन् ।

कोरोना संक्रमणका बेला टोल समाजबाटै हेय भावले हेरिरहेको अवस्थामा डाक्टर सहितको पत्रकार टोली घर दैलोमा आई परामर्श दिँदा संक्रमित पत्रकारहरुमा ठूलो आत्मवल एवं हौसला बढेको नेपाल पत्रकार महासंघकी उपाध्यक्ष स्वेता गिरीले बताइन् ।

संक्रमित पत्रकारहरु निशा विश्वकर्मा, संजय मल्ल, शुशीला बेलवासे, रामु पौडेल र शुमेश श्रीमालले नेपाल प्रेस यूनियनले जिल्लामै पत्रकारहरुका लागि उदाहरणीय भूमिका खेलेको भन्दै आफुहरुले गरेको कोरोना विमाको प्रक्रियालाई पनि अघि बढाइदिन सहयोग गर्न आग्रह गरेका छन् ।

रात विरात र अन्य समयका लागि डाक्टरहरुसँग मोवाईलबाटै सम्पर्क गर्न सकिने व्यवस्था प्रेस यूनियनले मिलाएको छ । यसका लागि मेडिकल अफिसर डा. अमूल्य पाठक, कोभिड विशेष नर्स समूहकी लुम्विनी प्रदेश परामर्शदाता सुमित्रा ढकाल र कोभिड फोकल पर्सन विनोद अधिकारी स्वयंसेवीभावले खटिएका छन् ।

कपिलवस्तु जिल्लामा कुल १ सय ६० जना पत्रकारहरु छन् । जिल्लामा हाल सम्म ६ जना पत्रकारलाई कोरोना संक्रमण भइसकेको छ । कोरोना संक्रमण हुने पत्रकारहरुलाई आवश्यक सहयोग, अक्सिजनको व्यवस्थापन र मनोपरामर्श सेवाप्रदान गर्न नेपाल प्रेस यूनियनले जिल्लाका विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरिरहेको युनियनका जिल्ला सभापति गोपाल भण्डारीले बताए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago