१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोना भाइरस (कोभिड–१९) बारे भ्रमफैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएकाहुन् ।
हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्युभएको बताएका थिए । साथै अक्सिजन सिलिण्डर पाउने प्रयास गरिरहेका मानिसहरुको मजाक उडाएका थिए ।
भारतको स्वास्थ्य मन्त्रालयको आलोचनापछि रामदेवले उक्त अभिव्यक्ति हटाएका थिए । यद्यपि त्यसपछि उनले आधुनिकऔषधिमाथिको प्रहारलाई भने जारी राखे । उनले केही रोगमा औषधिमा काम नगरेको भन्दै आधुनिक औषधिको विरोध गरेका थिए ।
भारतको स्वास्थ्य प्रणालीको लागि आधुनिक र विज्ञानमा आधारित औषधि मेरुदण्डको रुपमा रहँदै आएको छ । तर, भारतमा वैकल्पिकआयुर्वेद र होमोप्याथी पनि निकै लोकप्रिय छ । रामदेवजस्ता धेरै गुरुहरुले आयुर्वेदिक औषधि र अन्य उत्पादनहरु बिक्री गरेर राम्रोव्यवसाय पनि चलाइरहेका छन् ।
“रामदेवले चिकित्सकहरुको आलोचना गर्दै कोरोनाबाट मानिसहरुको मृत्यु हुनुमा उनीहरु दोषी रहेको बताएका थिए । रामदेवले लाखौंमानिसको मृत्यु आधुनिक उपचार पद्धतिको कारण भएको बताएका थिए।”
भारतमा पारम्पारिक उपचार प्रणालीलाई बढावा दिन आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, युनानी चिकित्सा, सिद्ध र होमोप्याथी(आयूष) मन्त्रालय नै छ ।
भारतका चिकित्सकहरुको संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले महामारीको बीचमा ‘संवेदनहीन’ अधिव्यक्ति दिएकोभन्दै रामदेवको आलोचना गरेको छ । चिकित्सकहरुले रामदेवको अभिव्यक्ति गैर जिम्मेवार र हतोत्साहित बनाउने किसिमको रहेकोबताएका छन् ।
के हो विवाद ?
मे महिनाको सुरुआतमा रामदेवको अक्सिजन खोजिरहेका मानिसहरुमाथि मजाक गरिरहेको भिडियो भाइरल भएको थियो । अहिलेसम्मउक्त अभिव्यक्ति उनले कहिले दिएका थिए भन्ने स्पष्ट भएको छैन । यद्यपि उनले गत अप्रिल र मे महिनामा भारतका केही सहरमाअक्सिजन अभाव भएको सुनेको बताएका थिए ।
‘ईश्वरले हामीलाई निःशुल्क अक्सिजन दिएका छन्, हामीले किन त्यसलाई लिन सकिरहेका छैनौं ? ईश्वरले वायु मण्डलमा नैअक्सिजन भरेर दिएका छन् भने यसको अभाव कसरी हुन सक्छ ? मूर्खहरु अहिले अक्सिजन सिलिण्डर खोजिरहेका छन् । निःशुल्कअक्सिजन लेऊ । किन अक्सिजन छैन, बेड छैन, शमसान छैन भनेर गुनासो गर्छौ ?’ भिडियोमा रामदेवले भनेका छन् ।
रामदेवको उक्त भिडियो भाइरल भएपछि यस विषयमा उनले यस विषयमा माफी माग्नुपर्ने आवाज उठेको थियो ।
त्यसको दुई सातापछि अर्को एक भिडियो सार्वजनिक भएको थियो । जसमा रामदेवले चिकित्सकहरुको आलोचना गर्दै कोरोनाबाटमानिसहरुको मृत्यु हुनुमा उनीहरु दोषी रहेको बताएका थिए । रामदेवले लाखौं मानिसको मृत्यु आधुनिक उपचार पद्धतिको कारण भएकोबताएका थिए । उनले आधुनिक उपचार पद्धतिको अभ्यास गरेर कोरोनाको महामारीमा तामासा गरिएको बताएका थिए । उनको योअभिव्यक्तिपछि धेरैले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै रामदेवलाई पक्राउको माग गरेका थिए ।
दबाब बढ्दै गएपछि भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति हटाउन आग्रह गरेका थिए । अन्ततः उनलेआफ्नो विवादित अभिव्यक्तिसहितको ट्वीट त हटाए तर अर्को दिन उनले एक पत्र लेख्दै आईएमएलाई आधुनिक औषधिले मधुमेह रहाइपरटेन्सनजस्ता रोग किन निको पार्न सक्दैन भन्दै पत्र लेखेका थिए ।
रामदेवको यो पत्रले मानिसहरुमा आक्रोश झनै बढायो । आईएमएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै तत्काल रामदेवले गलतसन्देश फैलाउने अभियान बन्द गर्न आग्रह गरेको थियो । साथै रामदेवलाई राजद्रोहको मुद्दामा कारबाहीको लागि पनि उक्त पत्रमा आग्रहगरिएको थियो ।
भारतीय वरिष्ठ चिकित्सक ए फताहुद्दिन बीबीसीसँगको कुराकानीमा यस किसिमको वक्तव्यको असर दीर्घकालीनरुपमा पर्ने भन्दै चिन्ताव्यक्त गरेका छन् । ‘एक वर्षभन्दा लामो समयदेखि मजस्ता स्वास्थ्यकर्मीहले युद्धजस्तै अवस्थाको सामना गरिरहेका छौं । हामीलेहजारौंको ज्यान बचाएका छौं । यस किसिमको अपमानजनक र दु:खलाग्दो किसिमको वक्तव्य पढ्न पर्नु वास्तवमा नै दुर्भाग्य हो’, उनलेभने ।
पक्राउको मागबारे रामदेवले के भने ?
रामदेवले आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउको चर्को दबाब आएसँगै रामदेवले आफूलाई पक्राउ गर्नसरकारलाई नै चुनौती दिएका थिए । उनले एक भिडियोमा भनेका छन्, ‘पक्राउ त स्वामी रामदेवलाई तिनीहरुको बाबुले पनि गर्न सक्दैनन्। तर, हल्ला गरिरहेका छन् कि छिटै रामदेवलाई पक्राउ गर । कहिले के हल्ला चलाउँछन्, कहिले के हल्ला चलाउँछन् । कहिले ठगरामदेव, कहिले महाठग रामदेव त कहिले गिरफ्तार रामदेव । उनीहरुले हल्ला गर्दै गर्छन् गर्न देऊ ।’
यो भिडियो सार्वजनिक भएसँगै विपक्षी कांग्रेस पार्टीका नेता गौरव गान्धीले उक्त भिडियो ट्वीट गर्दै रामदेवले सरकलाई चुनौती दिएकाछन्, अब के गर्ने सरकारको हातमा छ भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई मेन्सन गरेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…