थपियो निषेधाज्ञा, उल्लंघन गरेमा कैद तथा जरिवाना

भबिन्द्र गौतम, १५ जेठ, पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गत बैशाख १७ गते मध्यराती देखि जारी भएको निषेधाज्ञा जेष्ठ २४ गते राती १२ बजेसम्म थपिएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञाको अकवधि पुन थप भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले निषेधाज्ञा थप गरेको जनाएको छ ।

डिसीसीएमसी को शुक्रबारको बैठकले कोभिड–१९ सम्वन्धि अध्यादेश बमोजिम निषेधाज्ञा उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय गरेको छ । उल्लंघन गर्ने व्यक्तिलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँ सम्म जरिवाना हुने छ । मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने छ । विरामी ओसार पसार गर्ने अवस्थामा बाहेक अनुमती विना सवारी साधन चलाएमा २ पांग्रे सवारी भएर पटकै पिच्छे २ हजार र अन्य सवारी भए पटकै पिच्छे ५ हजार रुपैयाँ जरिवाना हुनेछ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । खाद्यान्न, तरकारी पसल विहान दिनको एक पटक विहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । स्वास्थय तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने छन् । जसमा एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको छ । यस्तै खालका व्यपार व्यवसायहरु बन्द रहने छन्, यस्तै सार्वजनिक सवारी, सरकारी कार्यालय, बैैक तथा वित्तिय संस्था, सहाकारी संस्था तथा शैक्षिक संस्था बन्द रहने छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago