Categories: राशिफल

आजको पञ्चाङ्ग तथा राशिफल

आज मिति २०७७ चैत १६ सोमवार, तदनुसार २९ मार्च २०२१, नेपाल संवत् – ११४१ प्रमादी नाम सम्वत्सर सुर्य उत्तरायण, वसन्त ऋतु, चैत्र कृष्णपक्ष, प्रतिपदा तिथि हस्ता नक्षत्र, कन्या रासी, तराई मदेश तर्फको होली, आउनुहोस देवादीदेव महादेवको स्मरण गर्दे आजको दिनको शुभारम्भ गरौ ।
ज्यो.जयराम सापकोटा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,सामाजिक कार्यमा सफलता मिल्नेछ, स्वास्थ्यमा सुधार आउला,मन सम्मान मिल्नेछ,अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ, आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,दुर्घटनाको सामान्य भय छ र आर्थिक हानिको सम्भावना छ ,आफन्त बाट धोका हुनेछ, विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,आफ्नो घमण्डका कारण विरोधीहरु बढ्ने सम्भावना छ ,बोलीमा विचार पुर्याउनु होला ,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
यात्रामा बाधा अवरोध आउनेछ,प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,काममा लगानी बढाउने समय छ,सम्मान र साख पनि प्राप्त हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–
धन आर्जनको दृष्टिले पनि यो समय राम्रो छ ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ,भौतिक साधन जोड्ने समय छ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ७ रहेको छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
जिम्मेवारी भने बढिरहनेछन्,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ, आम्दानीका मार्गहरू खुल्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
विगतका कर्मको उचित प्रतिफल पाइनेछ, व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ ,स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छैन,आत्मसम्मानमा केही आघात पुग्न सक्छ, आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक-(तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आत्म–विश्वास बढ्नेछ,मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ,धार्मिक यात्राको सम्भावना रहेकोछ,रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
परिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ,काममा अपजस प्राप्त हुनेछ,आर्थिक नाश हुने सम्भावना छ ,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ,अप्रिय घटना भोग्ने तथा स्वयं मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ,काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ,स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्,लामो यात्रा सुखद एवं सफलता सिद्ध हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,आकस्मिक रूपमा धनहानि हुने ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ ,आजको शुभ अंक ४ रहेको छ।

पशुपतिनाथ वन्दाना
नम: पशुपते तुभ्यं पञ्च श्री मुखसोभिने
ज्योतिर्लिङ्ग स्वरुपाय रास्ट्रदेवाय सारदम्।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago