Categories: राशिफल

आजको पञ्चाङ्ग तथा राशिफल

आज मिति २०७७ चैत १६ सोमवार, तदनुसार २९ मार्च २०२१, नेपाल संवत् – ११४१ प्रमादी नाम सम्वत्सर सुर्य उत्तरायण, वसन्त ऋतु, चैत्र कृष्णपक्ष, प्रतिपदा तिथि हस्ता नक्षत्र, कन्या रासी, तराई मदेश तर्फको होली, आउनुहोस देवादीदेव महादेवको स्मरण गर्दे आजको दिनको शुभारम्भ गरौ ।
ज्यो.जयराम सापकोटा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,सामाजिक कार्यमा सफलता मिल्नेछ, स्वास्थ्यमा सुधार आउला,मन सम्मान मिल्नेछ,अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ, आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,दुर्घटनाको सामान्य भय छ र आर्थिक हानिको सम्भावना छ ,आफन्त बाट धोका हुनेछ, विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,आफ्नो घमण्डका कारण विरोधीहरु बढ्ने सम्भावना छ ,बोलीमा विचार पुर्याउनु होला ,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
यात्रामा बाधा अवरोध आउनेछ,प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,काममा लगानी बढाउने समय छ,सम्मान र साख पनि प्राप्त हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–
धन आर्जनको दृष्टिले पनि यो समय राम्रो छ ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ,भौतिक साधन जोड्ने समय छ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ७ रहेको छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
जिम्मेवारी भने बढिरहनेछन्,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ, आम्दानीका मार्गहरू खुल्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
विगतका कर्मको उचित प्रतिफल पाइनेछ, व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ ,स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छैन,आत्मसम्मानमा केही आघात पुग्न सक्छ, आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक-(तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आत्म–विश्वास बढ्नेछ,मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ,धार्मिक यात्राको सम्भावना रहेकोछ,रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
परिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ,काममा अपजस प्राप्त हुनेछ,आर्थिक नाश हुने सम्भावना छ ,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ,अप्रिय घटना भोग्ने तथा स्वयं मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ,काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ,स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्,लामो यात्रा सुखद एवं सफलता सिद्ध हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,आकस्मिक रूपमा धनहानि हुने ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ ,आजको शुभ अंक ४ रहेको छ।

पशुपतिनाथ वन्दाना
नम: पशुपते तुभ्यं पञ्च श्री मुखसोभिने
ज्योतिर्लिङ्ग स्वरुपाय रास्ट्रदेवाय सारदम्।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago