मौद्रिक नीतिमा अपेक्षित सम्बोधन नहुँदा सेयर बजारमा गिरावट

आइतबार ८०.२९ बिन्दुले घटेर नेप्से -२.९४%  गिरावटकासाथ २६५१.२९ पुगेको हो। कारोबार भएका २३४ कम्पनी मध्ये ६ कम्पनी उकालो लागेका छ्न्‌, १८२ कम्पनी ओरालो लागेका छ्न्‌।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मुल्य ओरालो लागेका छ्न्‌ ।
गत दिन भन्दा बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाँउछ (आज को फरकः २१४.९३)  जसले बजारमा भोलाटाइलिटी आज बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२६५७.७८) भन्दा मुनि क्लोज भएको छ । नेप्सेले  लोवर ब्याण्ड को सपोर्ट एरियालाइ ब्रेक गरेर लोवर ब्याण्ड भन्दा मुनि क्लोज गरेको देखिन्छ जसले बजारले कुनै निश्चित दिशा निर्धारण गर्न नसकेको देखिन्छ ।

क्यान्डलस्टिक

आज नेप्सेले बियरिस मारोबोजु क्यान्डलस्टिक बनाएको छ जसले करेक्सन को  संकेत गर्दछ । क्युमुलेटिभ एडी लाइन हिजो -१३९५ देखी घटेर -१५७१ मा आएको छ । नेप्सेको कुल भोल्युम  ९,३११,८२७ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (८,५५६,८४५.७१) को १०८  प्रतिशत देखिएको छ ।

नेप्से आज लोवर  ब्याण्ड भन्दा तल क्लोज भएको छ  र लोवर ब्याण्डको सपोर्टलाइ ब्रेक गरेको देखिन्छ । एमएसिडि लाइनले  सिग्नल लाइनलाइ क्रस  गरेर तलतिर गएको देखिन्छ जुन  राम्रो संकेत हैन  । +१४ डिएमआई लाईन, -१४ डिएमआई लाईन डाइभर्जनमा गएको देखिन्छ ।

आरएसआइ आज ४८.०८ बाट घटेर ३९.८६ मा आएको देखिन्छ जसले बजारले कुनै निश्चित दिशा निर्धारण गर्न नसकेको देखिन्छ ।  नेप्सेको नजिकको सपोर्ट २६३० (०.६१८ फिबो रिट्रेसमेन्ट लेवल)  रहेको  देखिन्छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago