४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका २८ वर्षे रूपक बोहराको रिज अस्पतालमा मृत्यु

काठमाडौँ — चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको छ ।

१० दिनअघि सियरा लियोनको फ्रिटाउनबाट अक्रा पुगेका बोहरालाई मलेरियाले ग्रस्त बनाएको अवस्थामा इमिरेट्स एयरलाइन्सले अक्रा एयरपोर्टको ट्रान्जिटमा अलपत्र छाडिदिएको थियो । बोहराको गम्भीर स्वास्थ्य स्थितिका बारेमा जानकारी पाएपछि घानास्थित भारतीय उच्चायुक्त, गैरआवासीय भारतीय तथा नेपाली समुदायले उनको उपचारमा सहयोग गर्दै आएका थिए ।

दक्षिण अफ्रिकास्थित नेपाली चिकित्सक एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य संयोजक डा.सरिता पाण्डे भट्टराईले दिएको जानकारीअनुसार शनिबार अपराह्न रूपकको निधन भएको अस्पतालले सूचना दिएको छ । रिज अस्पतालका सम्बद्ध चिकित्सकसँग नियमित परामर्शमा रहँदै आएकी डा. भट्टराईले यो घटनाबारे एनआरएनए मुख्यालयलाई समेत अवगत गराएकी छन् ।

घानामा महँगो उपचार खेप्दै सहयोगको पुकारा गरिरहेका बोहरालाई दैनिक चार सय डलरभन्दा बढी खर्च लाग्ने भएकाले रकमको जोहो गर्न घानास्थित एनआरएनए लागिपरेको थियो । हाल नाइजेरियामा रहेका गैरआवासीय नेपालीका अभियन्ता हिक्मत थापाले असुरक्षित आप्रवासन र मानव तस्करीको फन्दामा परेका बोहराको जीवनरक्षा तथा घरफिर्तीका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई आग्रह गर्ने तदारुकता राखेका थिए । बोहराको उपचारका लागि एनआरएनए अफ्रिकाको राहत कोषले १ हजार डलर सहयोग रकम पठाएको कोषका सञ्चालक कुल कार्कीले केन्याबाट जानकारी दिए ।

‘सबै ऋणपान र घरजग्गा धितो राखेर छोराको भलाइका लागि अमेरिका जाने भन्दै दलाललाई पैसा बुझाएका थियौं,’ रुकुमको बाँकेकोट गाउँपालिका–३ का वडा सदस्यसमेत रहेका बोहराका बाबु देवबहादुरले कान्तिपुरसँग फोनमा भने, ‘यही हाम्रै गाउँठाउँबाट पनि दलाललाई पैसा ख्वाएर थुप्रै जना अमेरिका पुगिसकेका छन् । त्यही भरमा परेर आफूले पनि चिनजानका एजेन्टले भनेअनुसार पैसा पठाउँदै आएको थिएँ ।’

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago