पशुपतिनाथको मन्दिर खुलाउन ज्ञापन पत्र

भाद्र १२, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालले भगवान श्री पशुपतिनाथको मन्दिर खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ ।
विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंह, उपाध्यक्ष उद्धव कुमार घिमिरे, संगठन सचिव प्रल्हाद कुमार सहितको एक टोलीले आज जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ एवं पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
 
विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा “कोरोना महामारीका कारण देशका विभिन्न मन्दिरहरुमा नियमित दर्शन–पूजा बन्द गरिएको छ । कोरोना कहरका कारण हिन्दू धर्मावलम्बीहरुको चाड पर्व पनि प्रभावित भएको अवस्था छ । यसैविच हालै देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई भीडभाडका साथ पर्व मनाई रहँदा कही कतै प्रशासनद्वारा बाधा अवरोध वा कारवाही गरिएको देखिएन । चर्च र मस्जिदहरू निर्वाधरूपमा खुला गरिएको छ तर हिन्दू धर्माबलम्बीहरूको चाडपर्व तथा धार्मिक स्थलहरुलाई मात्र कोरोना महामारीको बहानामा प्रशासनले बाधा–अवरोध पु¥याई बहुसंख्यक हिन्दू धर्माबलम्बीहरूको आस्थामाथि आघात पु¥याएको छ ।
मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा समेत सम्पूर्ण नेपालीहरू आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिरमा पनि हालसम्म नियमित दर्शन–पूजा खुला नगरिनु अत्यन्तै गम्भीर एवं दुखद विषय हो ।
 
निश्चित समयसम्म स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर भगवान श्री पशुपतिनाथको मन्दिर लगायत देशै भरिका मठ–मन्दिरहरुमा समेत नियमित दर्शन–पूजा खुला गर्न आवश्यक व्यवस्था मिलाउन हुन सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ ।
जय श्री राम । नेपाल आमाको जय ।।” उल्लेख गरिएको छ ।
bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago