शिवमन्दिर खानेपानीमा नेपाली काङ्ग्रेसको बिज्ञप्त

नारायण प्रभु, असार-  १४ । कावासोती १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाली काङ्ग्रेस कावासोती १ वडा कमिटिले बिज्ञप्ति बुझाएको छ।

कावासोती १ मा खानेपानीको हाहाकार भएपछी बाध्य भएर दवाब स्वरुप बिज्ञप्ति नै बुझाउनु परेको वडा कमिटीका सभापति राम चन्द्र मोक्तानले बताएका छ्न। बिज्ञप्तिमा मानव जीवनसँग जोडिएको पानी जस्तो संबेदनसिल विषयमा लापरबाही र हेलचेक्र्याइ नगरी बैकल्पिक स्रोतको व्यवस्थापन गरी उपभोक्ताको धारामा सहज रुपमा सफा पानी जाने वातावरण बनाइयोस भनिएको छ। पछिल्लो ३ महिना यता धारामा नियमित पानी आउन छाडेको,आइहाले पनि धमिलो पिउनै नसकिने पानी आउने गरेको,एक हप्ता पहिले फिल्टर पानी आयो भनेर हल्ला गरेता पनि अहिले सम्म उपभोक्ताको धारामा पानी नचुहिएको,उपभोक्ताहरु छिमेकी गाउँमा बिहानै ३ बजेदेखी पानीको लाइनमा बस्नुपरेको तर समितिले अझैसम्म बैकल्पिक स्रोतको उपाय नखोजेर उपभोक्तालाइ ढाटीरहेको जस्ता आरोप काङ्ग्रेसले लगाएको छ।

खानेपानी कार्यालयमा बिहान ११ बजेदेखी बिज्ञप्ति बुझाउन अध्यक्षलाई पर्खिरहेको तर अध्यक्ष ३ बजेसम्म पनि कार्यालयमा नआएपछी कार्यालयका व्यवस्थापकलाई बिज्ञप्ति बुझाएर हिड्नुपरेको उपसभापति कृष्ण भण्डारीले बताएका छन। हामिले पटक पटक फोन गरेर बोलाउदा पनि अध्यक्ष कार्यालयमा नआउनुले उपभोक्ताप्रती गैरजिम्मेवारी रहेको सजिलै अनुमान गर्न सकिने स्थानीय बाबुराम कंडेलले बताएका छन। उता अध्यक्षलाइ हामिले फोन सम्पर्क गरेर सोध्दा खानेपानीकै लागि बिहानै मुहानमा गएको र यता बिज्ञप्तिको विषयमा आफुलाइ पुर्व जानकारी नभएको हुदा आउन नसकेको जानकारी दिए।उपभोक्तालाई पानी खुवाउनु हाम्रो पहिलो दायित्व भएका कारणले बिज्ञप्तिलाइ भन्दा पनि कामलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ रहेको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago