काठमाडौं : कोरोनाको त्रास देखाएर सेयर बजार घटाउने र राम्रा कम्पनीहरूको सेयर सस्तोमा कब्जा गर्ने प्रयास अन्तत: असफल भएको छ। दुई दिनमा झन्डै डेढ सय अंकले तल ओर्लेको सेयर बजार हिजो मंगलबार वाट लगानीकर्ताको आत्मविश्वासका कारण फेरि बुलिस लयमै फर्किएको छ।
नेप्सेले २७३५.४६ को उचाइ हासिल गरेपछि दुई सातामा २३० अंकले गिरावट आएको थियो। तर मंगलबार बजारमा गजबको उत्साह देखियो। यसले बजारले फरि अर्को उचाइ हासिल गर्ने विश्वास लगानीकर्ताहरूले गरेका छन्। बजार नियामक निकायहरूको सकारात्मक कदम, नीतिगत तहमा सुधारका लागि पुँजी बजार फोरमको सक्रियता, लगानीकर्ताहरूको दरो आत्मविश्वासका कारण बजारमा बाउन्स ब्याक भएको हो।
नेप्से सूचक मंगलबार ९२.४६ अंकले बढेर २५९९.०७ विन्दुमा पुगेको छ। बजार ३.६९% ले बढेको हो । मंगलबार ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १० कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जीवन बीमा र निर्जीवन बीमामा विशेष उछाल देखिए पनि मंगलबार सबै उपसमूहमा हरियाली छायो। जीवन बीमा समूह ५५८.६३ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूह ५४३.२७ अंकले बढेको छ। त्यसैगरी बैंकिङ समूहमा ४५.१३ अंकको वृद्धि भएको छ।
कोरोनाको त्रास र लकडाउनको हल्लाबाहेक बजार घट्नुपर्ने कुनै प्राविधिक तथा वित्तिय कारण थिएन। सेयर बजार २८ सय नजिक पुगेपछि पहिले नै नाफा बुक गरेर बसेका एकथरी खेलाडीहरूले जसरी पनि सेयर बजार घटाउनुपर्ने योजना बुनिरहेका थिए। कोरोनाको बढ्दो संक्रमण र लकडाउनलाई उनीहरूले गजब मौकाका रुपमा क्यास गरे । कोरोनाको त्रास फैलाएर बजारको वातावरण विथोल्न उनीहरू सक्रिय भए पनि बजारलाई अझ् तल गिराउने उनीहरूको योजना सफल भएन।
कोरोना संक्रमणका बेला अरु व्यवसायमा धक्का लागे पनि सेयर बजारलाई सबैभन्दा सुरक्षित क्षेत्रका रुपमा लिइन्छ। गत वर्ष कोरोना संक्रमण बढेर लगातार लकडाउन हुँदा पनि सेयर बजार आफ्नो लयमा अघि बढेको थियो। कोरोना कालमै सेयर बजारले नयाँ उचाइ चुमेको थियो। कोरोनाको जोखिम तथा प्रभावले लगानीका अरु क्षेत्र खुम्चिने भएकोले लगानीकर्ताहरूको आकर्षण सेयर बजारतिर बढी देखिन्छ। पुरै डिजिटल माध्यमबाट गरिने यो कारोबारलाई कोरोनाले कुनै असर नगर्ने भएपछि लगानीकर्ताहरूको आत्मविश्वास जागेको हो।
धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज दुवैले लकडाउनमा सेयर बजार प्रभावित नहुने र सुचारु हुने प्रतिवद्धतासहित सकारात्मक कदम चालेपछि लागनीकर्ताहरु ढुक्क भएका हुन्। नेप्सेले ब्रोकर कम्पनीहरुलाई कोरोना नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित रुपमा कार्यलय सञ्चालन गर्न र कारोबार जारी राख्न निर्देशन दिएको छ।
नया वर्षको बजार खुलेको पहिलो दिन गत वैशाख दुई गते बजारले अहिले सम्मकै उच्च बिन्दु २७३५.४६ अंक भेट्टाएको थियो। त्यसपछि बजारमा करेक्शसन सुरु भएको थियो। आइतबार र सोमबार कोरोनाको त्रास देखाएर बजारलाई अस्वभाविक रुपमा घटाइएको थियो। यही मौकामा ठूला लगानीकर्ता तथा खेलाडीहरूले भने निकै सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर उठाएका छन्।
बजार बढ्नका लागि सबै सूचकहरू सकारात्मक रहेकोले कोरोनाको जोखिमबाहेक बजार घट्नुपर्ने कुनै कारण छैन। बैंक तथा वित्तिय संस्थाहरू तेस्रो त्रैमासिक रिपोर्ट धमाधम निकालिरहेको अहिलेको समय भनेको सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। अधिकांश बैंक तथा वित्तिय संस्थाहरूले आकर्षक कमाइको रिपोर्ट ल्याइरहेका छन्। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो।
नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य तथा महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल कोरोनाको डर र लकडाउनको हल्ला चलाएर बजारको सकारात्मक वातावरण विगार्ने कोसिस भए पनि त्यो सफल नभएको बताए। उनी भन्छन्, नियामक कम्पनीहरूको सकारात्मक कदम र लगानीकर्ताको आत्मविश्वासका कारण बजार फेरि बुलिस लयमै फर्किएको छ। डराउनुपर्ने कुनै कारण छैन।’
वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजारले ‘बुलिस रन’ मा अघि बढ्ने विश्वास लगानीकर्ताहरूको देखिन्छ।
पुस ५ को राजनीतिक घटनाक्रमपछि पनि राजनीतिक अन्योललाई बेवास्ता गर्दै सेयर बजार निरन्तर उछाल देखिएको छ। कोरोनाको जोखिम तथा राजनीतिक अन्योलले गर्दा लगानीका अरु क्षेत्रहरू खुम्चिएकोले पनि सेयर बजारतिरको आर्कर्षण बढेको छ। यसअघि पनि एकथरी खेलाडीहरूले ब्याजदरलगायतका हल्ला फैलाएर बजार घटाउने प्रयास गरेका थिए। राम्रा कम्पनीहरूको मूल्य घटाएर सेयर बुक गर्न एकथरी खेलाडीहरू सधै सक्रिय रहन्छन्। यसको मारमा साना तथा मध्यम लगानीकर्ता पर्छन्। जसले आत्तिएर सस्तोमा सेयर बेच्छन्।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…