संग्रहालयमा अवलोकनकर्ता घटे : सरसफाई, प्रचारप्रसार र पार्किङ मुख्य समस्या

भविन्द्र गौतम, पाल्पा ।
प्रदेश सङ्ग्रहालयको रूपमा रहेको पाल्पा दरबार संग्रहालयमा अवलोकनकर्ताको चहलपहल बढेको छैन । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी गत चैत देखी बन्द रहेको दरबार संग्रहालय खुलेको एक महिना पुगेको छ । यो अवधिमा दैनिक ५० देखि १ सय जनासम्मले अवलोकन गर्ने गरेका छन । लकडाउन भन्दा पहिला दैनिक ५ सय भन्दा धेरैले संग्रहालयको अवलोकन गर्ने गरेको दरबार संग्रहालयको अभिलेखमा उल्लेख रहेको छ ।

गएको साता पाल्पा दरबारको बीच भागमा प्रताप शमशेर जबरा (सानु राजा) को शालिक अनावरण गरिएको छ । दरबारको अवलोकन गर्नेक्रममा पर्यटकले यो शालिक हेर्ने र इतिहासबारे जानकारी लिन सकिने छ । प्रदेश सङ्ग्रहालयको रूपमा रहेको पाल्पामा दरबारमा निर्माण गरिएको सानु राजाको शालिकले यहाँको पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने पाल्पाका संस्कृतिबिद राजेन्द्र गोपाल सिंह बताउनुहुन्छ । “दरबारमा पुरातत्त्व सम्बन्धी सामाग्री ल्याउने अहिलेको कछुवा गतीमा बढेको कामलाई लाई छिटो र द्रुत गतीमा जानुपर्ने, दरबारको परिचय सहित भिडियो डकुमेन्ट्री निर्माण गर्नुपर्ने, दरबार संग्रहालय परिसर फोहोर रहेको बढेको हुँदा फोहोरको उचित ब्यवस्थापन गर्नुपर्ने र दरबारमा आएका पर्यटकहरुका सवारीसाधनहरु पार्किङ्गको ब्यवस्थापन गर्नुपर्ने” आवस्यक रहेको भन्दै सिंहले दरबार संग्रहालयको ध्यानाकर्षण गराउनुभयो  ।दरबारमा बिभिन्न पुरातात्विक बस्तुहरु प्रदर्शनका लागी राखिएको छ ।

श्री ३ जंगबहादुर राणाका कान्छाभाइ धीर शमशेरका १७ भाइ छोरामध्ये जेठा छोरा श्री ३ वीर शमशेर जबराकी कान्छी श्री ३ महारानी तोपकुमारी देवीतर्फका कान्छा छोरा प्रताप शमशेर जबरा (सानु राजा) हुन् । उनको जन्म वि.सं. १९४३ फागुन १२ गतेका दिन भएको थियो। जनरल प्रताप पाल्पाका तैनाथवाला भएर वि.सं. १९८२ सालमा पाल्पामा आएका थिए। वि.सं. १९८९ साल माघ २८ गतेसम्म प्रताप पाल्पाका तैनाथवाला भएका थिए। त्योबेलामा उनले तानसेनमा खानेपानीको व्यवस्था, नयाँ झ्यालखाना, बुटवल–तानसेन मोटरबाटो सर्वे गर्ने महत्त्वपूर्ण काम गरेका थिए ।
पाल्पामा तैनाथवाला भइ आएका बद्री नरसिंह राणाले निर्माण गरेको दरबार पुरानो र जीर्ण भएकोले त्यस दरबारलाई भत्काइ सोही ठाउँमा हालको एकचोक र ४४ वटा कोठाहरू भएको पाल्पा दरबारको निर्माण उनले गराएका थिए । अहिले पाल्पा दरबारलाई लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय सङ्ग्रहालयको रूपमा विकास गरेको छ। तत्कालिन नेकपा माओवादीले १० वर्षे जनयुद्धका बेला २०६२ सालमा आक्रमण गरेर दरबारको पुरानो संरचनालाई ध्वस्त बनाएको थियो । ध्वस्त अवस्थामा रहेको दरबारलाई शान्तिसम्झौता पछि पुरानै आकारको नयाँ दरबार निर्माण गरिएको छ ।

लुम्बिनी प्रदेशको महत्वपूर्ण सम्पदा र पर्यटकिय गन्तब्यको रुपमा यो दरबार क्षेत्रको विकास भैरहेको छ । प्रदेशको ऐतिहासिक र सास्कृतिक धरोहर यस सङ्ग्राहलयको समुन्नति र विकासको लागि प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ । यो दरबार सङ्ग्राहलय आन्तरिक र बाह्य पर्यटकहरुको लागि एकपटक पुग्नै पर्ने स्थान हो । दरबार संग्रहालयको प्रचारप्रसार र उचित ब्यवस्थापन गर्न आवस्यक देखिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago