स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमाडोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन्

स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीकोसम्मान स्वास्थ्य दर्पण विशेषविमोचन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरतानपाउने बताए

स्थिरता समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमानेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो’, पूर्व उपप्रधानमन्त्री समेत रहिसकेका नेता सिंहले भने

पूर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलोछिटो जनमतमैजानुपर्ने बताए गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबैजिम्मेवारी लिनुपर्ने बताए चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो

 

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझैहुन नसकेको बताए शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्रा। डा। पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरेपनि जस पाउने अवस्था नरहेको बताए

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानून अझै संसदीय समितिमा विचाराधीनरहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए कोभिडका कारण पेशाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्नेवातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उनको माग थियो

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा। दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्कसमायोजन हुनुपर्ने बताइन् कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्मका प्राचार्य डा। मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाकालागि कानून बनाउन आवश्यक रहेको बताइन्

कार्यक्रममा स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि का अध्यक्ष सन्दीपकुमार श्रेष्ठले झापाबाट कर्णालीसम्मका ७०० जना चिकित्साक्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताए

सो अवसरमा मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्ले, डा.इश्वरी लौडारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, नेवाः पत्रकार राष्ट्रि दबुका अध्यक्ष सुरजवीर बज्राचार्य, नेपालटेलिभिजनका पत्रकार गजुरधन राई, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठलगायतलेचिकित्सकलाई सुरक्षाका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए

चिकित्सक पत्रकार सम्मानित

स्वास्थ्य क्षेत्रमा योगदान दिएवापत प्रदेश बाट वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश बाट स्त्री तथा प्रसूति रोग विशेषज्ञडा.लक्ष्मी थापा, वाग्मती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा.पशुपति रेग्मी वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुदीपमान वैद्य, गण्डकीप्रदेशबाट वरिष्ठ फिजिसियन डा.वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा.प्रकाशबहादुर थापा, कर्णालीप्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. रविन खड्का सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट, स्वास्थ्यकर्मी कमल नारायण श्रेष्ठ,  हरिकुमार शाही ,यसैगरी युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिसियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपीक सर्जन डा.

सूर्यज्योति श्रेष्ठ  त्यसैगरी, विदेशी नागरीक डा.मेड रूथ गोन्सेट लाई अवार्ड गरिएको थियो। डा .रूथ वरिष्ठ छालारोग विशेषज्ञ तथास्विट्जरल्याण्डकी पूर्वसांसद समेत हुन्

कोभिड१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका वाग्मती प्रदेश चितवनजिल्लाको इच्छाकामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो

कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका भगवती तिमल्सिना, रेडियो सगरमाथाकी सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, कान्तिपुर डटकमकाबुनु थारू हेल्थन्यूज डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago