विपिको लोकप्रिय कृति ‘आत्मावृतान्त’ जापनिज भाषामा प्रकाशनका लागी समिति गठन ।

कविकिरण न्यौपाने , जापान । विपिको लोकप्रिय कृति ‘आत्मावृतान्त’ जापनिज भाषामा प्रकाशित गरि जापनिज माझ चिनाउन पुस्तक प्रकाशन गर्न लागिएको छ। विपि विचार राष्ट्रिय समाज, जापानले विपि कोइरालाको लोकप्रिय कृति ‘आत्मावृतान्त’ लाई जापनिज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्न लागेको हो।
विपि विचार राष्ट्रिय समाज, नेपाल, ‘आत्मवृतान्त प्रकाशन समन्वय समिति’ का संयोजक लोकेश ढकाल द्वारा प्रकाशित प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदैं कृतिको प्रकाशन अधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले विपि विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा कृति ‘आत्मावृतान्त’ लाई जापानीज भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न र विक्रि एवम् वितरण गर्न स्वीकृति प्रदान गरेको हो। विपि कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले उक्त शाखाका संयोजक डा श्री सुदिप अधिकारीको संयोजकत्वमा डा विश्वराज कंडेल, सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बीपीका कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरिएको छ । डा सुदिप अधिकारी जापानमानै पिएचडी गरी जापानको चुवु युनिर्भरसिटीमा कार्यरत छन्। त्यस्तै समितिका अर्का सदस्य डा विश्वराज कँडेलले पनि जापानमै पिएचडी गरी जापानको नागोया गाईकोकु-गो युनिभरसिटीमा कार्यरत छन् । सन्जिता श्रेष्ठ भने जापानमै अध्ययनको क्रममा छिन्। उक्त समितिको सल्लाहकारमा विपिका कृति अन्तरराष्ट्रिय करण तथा व्यवस्थापन समितिका एशिया प्यासिफिक संयोजक सुबास लोहनी रहेका छन्। समाजको जापान शाखाले प्रथम चरणमा बीपीको लोकप्रिय कृति ‘आत्मवृतान्त’ लाई जापानीज भाषामा अनुवाद गर्नका लागि डा सुदिप अधिकारीको संयोजकत्वमा, डा विश्वराज कंडेल, र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक ताकाओऊ रहेको ३ सदस्यीय ” विपिको आत्मवृतान्त अनुवाद तथा व्यवस्थापन उपसमिति” गठन भएर काम अगाडी वढिरहेको बताइएको छ। संयोजक अधिकारीका अनुसार विपिको विचारलाई जापनिज भाषामा प्रकाशन गर्दा धेरै जापानिज समुदायमा बुझ्न सहज हुने र नेपाल अनि नेपालीका वारेमा जापनिजहरुले अझैं नजिकबाट जान्न सहज हुने भनाई छ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago