विपिको लोकप्रिय कृति ‘आत्मावृतान्त’ जापनिज भाषामा प्रकाशनका लागी समिति गठन ।

कविकिरण न्यौपाने , जापान । विपिको लोकप्रिय कृति ‘आत्मावृतान्त’ जापनिज भाषामा प्रकाशित गरि जापनिज माझ चिनाउन पुस्तक प्रकाशन गर्न लागिएको छ। विपि विचार राष्ट्रिय समाज, जापानले विपि कोइरालाको लोकप्रिय कृति ‘आत्मावृतान्त’ लाई जापनिज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्न लागेको हो।
विपि विचार राष्ट्रिय समाज, नेपाल, ‘आत्मवृतान्त प्रकाशन समन्वय समिति’ का संयोजक लोकेश ढकाल द्वारा प्रकाशित प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदैं कृतिको प्रकाशन अधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले विपि विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा कृति ‘आत्मावृतान्त’ लाई जापानीज भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न र विक्रि एवम् वितरण गर्न स्वीकृति प्रदान गरेको हो। विपि कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले उक्त शाखाका संयोजक डा श्री सुदिप अधिकारीको संयोजकत्वमा डा विश्वराज कंडेल, सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बीपीका कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरिएको छ । डा सुदिप अधिकारी जापानमानै पिएचडी गरी जापानको चुवु युनिर्भरसिटीमा कार्यरत छन्। त्यस्तै समितिका अर्का सदस्य डा विश्वराज कँडेलले पनि जापानमै पिएचडी गरी जापानको नागोया गाईकोकु-गो युनिभरसिटीमा कार्यरत छन् । सन्जिता श्रेष्ठ भने जापानमै अध्ययनको क्रममा छिन्। उक्त समितिको सल्लाहकारमा विपिका कृति अन्तरराष्ट्रिय करण तथा व्यवस्थापन समितिका एशिया प्यासिफिक संयोजक सुबास लोहनी रहेका छन्। समाजको जापान शाखाले प्रथम चरणमा बीपीको लोकप्रिय कृति ‘आत्मवृतान्त’ लाई जापानीज भाषामा अनुवाद गर्नका लागि डा सुदिप अधिकारीको संयोजकत्वमा, डा विश्वराज कंडेल, र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक ताकाओऊ रहेको ३ सदस्यीय ” विपिको आत्मवृतान्त अनुवाद तथा व्यवस्थापन उपसमिति” गठन भएर काम अगाडी वढिरहेको बताइएको छ। संयोजक अधिकारीका अनुसार विपिको विचारलाई जापनिज भाषामा प्रकाशन गर्दा धेरै जापानिज समुदायमा बुझ्न सहज हुने र नेपाल अनि नेपालीका वारेमा जापनिजहरुले अझैं नजिकबाट जान्न सहज हुने भनाई छ।
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago