विवादमा फसेका प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

काठमाडौं । विवाद र सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कार गर्ने चेतावनीकै बीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारको पेसी तोक्नु भएको छ ।

फाइल फोटो

उहाँले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोक्नु भएको हो । सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन ।

उनीहरुले प्रधानन्यायाधीश राणले तोक्ने कुनै पनि पेसी नहेर्ने अडान लिएका छन् । प्रधानन्याधीश जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने उनीहरुको अडान छ ।

उनीहरुले मंगलबारको बैठकमा प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडान राखेका थिए ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका १५ जना बहालवाला न्यायाधीश आज पनि छलफलमा बस्दैछन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago