डीएसपीले सर्जिकलका कर्मचारी कुटेपछि चौतर्फी आलोचना

भिडियो खिचेको थियो भने त्यसलाई सम्झाएर डिलिट गर्न सकिन्थ्यो, त्यसरी पिट्नुचाँहि गलत हो ‘ – एसपी वेलबहादुर पाण्डे

पर्साएउटा सर्जिकल पसलमा पसेर बर्दीमा रहेका डीएसपीले कर्मचारीलाई बुट लौरोले हिर्काएको सीसीटीभी भिडियो अहिलेसमाजिक सञ्जालमा भाइरल बनेको डीएसपीले गरेको कुटपिटको सबैले आलोचना गरेका छन्

उनलाई कारबाही गर्नुपर्ने मागसमेत सबैतिरबाट उठेको   उक्त भिडियो वीरगन्ज महानगरपालिका आर्मी ब्यारेक पछाडि रहेकोप्याथो सर्जिकल हाउसको हो 

बुधबार बिहान १० बजेर २१ मिनेटमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले सर्जिकलपसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अफरोज अहमदलाई कुटेका थिए  भिडियो खिचेको आरोपमा अहमदलाई कुटिरहेका डीएसपीलेपसलमा सीसीटीभी जडान रहेको भेउ नै पाएनन्  सर्जिकल हाउसको छेउमै रहेको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियोखिचेको आरोपमा डीएसपीले कुटपिट गरेको प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले जनाए  लौरो बुटले हिर्काएपछिअहमदको मोबाइल समेत डीएसपीले खोसेर लगेको पटेलले बताए 

हाल वीरगन्जमा निषेधाज्ञा लगाइएको   बिहान बजेसम्म मात्र तरकारी तथा खाद्यान्न पसलहरु खोल्न दिने प्रशासनले अनुमतिदिएको   डीएसपी कार्कीको टोली गस्तीमा निस्किएको क्रममा सर्जिकल हाउस छेउको किराना पसल खुल्लै थियो  उनको टोलीपसलेलाई कुटपिट गर्दै बन्द गराउन थाले त्यही बेला वीरगन्जको छपकैया निवासी अफरोज अहमद केही समय अगाडि मात्र सर्जिकलपसल खोलेर साथीसँग भिडियो कलमा कुरा गर्दै थिए,’ पसल सञ्चालक पटेल भन्छन्, ‘प्रहरीलाई लाग्यो कि कुटेको भिडियो बनाउँदै 

किराना पसल बन्द गराएर डीएसपीको टोली सर्जिकल हाउसभित्र छिर्‍यो  प्रहरीको ज्यादतीको भिडियो खिचेर भाइरल गर्ने भन्दैडीएसपीले अहमदलाई लौरो बुटले हिर्काइरहेको सीसीटीभी फुटेजमा रेकर्ड भएको  भिडियो खिच्यो भन्दैमा त्यसरी अमानवीयतरिकाले पिट्नु भएन नि,’ पटेल भन्छन्, ‘कानुनअनुसार कारबाही गरे भइहाल्थ्यो, अहमदलाई सञ्चो नभएर घरमा सुतिरहेको  

प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले यसलाईकरेक्सनगर्ने बताउँछन् भिडियो खिचेको थियो भने त्यसलाई सम्झाएर डिलिट गर्नसकिन्थ्यो,’ उनले भने, ‘त्यसरी पिट्नुचाँहि गलत हो केही दिनयता निषेधाज्ञा उल्लघंन गरी भीडभाड गर्ने क्रम बढेको थियो  एसपीपाण्डेका अनुसार मिटिङ नै गरेर कडाइ गर्ने कुरा भएको थियो डीएसपी कार्कीको टोली गस्तीमा जाँदा आर्मी ब्यारेक पछाडिअत्याधिक भीडभाड थियो,’ एसपी पाण्डेले भने, ‘त्यसलाई नियन्त्रण गने क्रममा केहीले भिडियो खिचेका थिए, तर, भिडियो खिच्दैमात्यसरी पिट्नु हुन्न्, गलत भएको , हामी सच्याउँछौँ 

गत जेठ मा निषेधाज्ञा उल्लघंन गरी वीरगन्ज महानगरपालिका१२ स्थित मुर्ली पोखरीमा माछा बिक्री गर्ने क्रममा भीडभाड बढेकोथियो  भीड नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि माछा व्यापारी स्थानीयले आक्रमण गरे  तीन प्रहरी घाइते भए गस्तीमागएको टोलीमाथि व्यापारी स्थानीयले सुरुमा ढुंगामुढा गरे,’ एसपी पाण्डे भन्छन्, ‘मोटरसाइकलमा रहेका प्रहरीलाई भुर्इंमा लडाएरइँटाले हिर्काए, ती प्रहरी जवानको टाउको फुटेको  

ढुंगा प्रहार गर्ने जनालाई नियन्त्रणमा लिएको   इँटा प्रहार गर्ने अझै फरार छन्  पछिल्लो समय निषेधाज्ञा पालना गराउन खटिएकाप्रहरीमाथि स्थानीय व्यापारीले आक्रमण गरेका घटना पनि बाहिर आएका छन् 

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago