गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ भलिवल प्रतियोगिता सम्पन्न ।

कविकिरण न्यौपाने , नागोया । गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न छ।
धुर्मुस- सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाण कार्य भई रहेको उक्त रंगशाला आर्थिक अभावका कारण समस्यामा परेपछि जापानमा भलिवल प्रतियोगिता आयोजना गरेर आर्थिक सहयोग जुटाउन प्रतियोगिता आयोजना गरिएको हो। जापानको नागोयामा सम्पन्न उक्त प्रतियोगिताको आयोजना गल्कोट समाज जापान , क्षेत्रिय समिति नागोयाले गरेको हो । गल्कोट समाज जापान, नागोयाको क्षेत्रिय अध्यक्ष रामु थापाकाजीले जनस्तरबाट रंगशाला निर्माण कार्यमा सहयोग गर्न आफुहरुले भलिवल प्रतियोगिता आयोजना गरिएको बताउँदै सबै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन्। उक्त भलिवल प्रतियोगिता दोश्रो सस्करण हो। आउदा वर्षहरुमा पनि यस्ता प्रतियोगिता आयोजनालाई निरंतरता दिने खेल संयोजक मनोज केसीले बताए।प्रतियोगितामा गल्कोट स्पोर्ट क्लव, टोक्यो प्रथम, गुम्वाकेन गाईज दोश्रो र गल्कोट समाज जापानले तेश्रो स्थान प्राप्त गरेका छन्। प्रतियोगिताको पुरस्कार राशी क्रमश: प्रथम ३ लाख येन नगद, प्रमाणपत्र , मेडल र कप द्वितीय पुरस्कार २ लाख येन नगद, प्रमाणपत्र , मेडल र कप र तेश्रोलाई एक लाख नगद ,कप मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । छुट्टाछुट्टै विधामा उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कार र नगद द्वारा सम्मान गरिएको थियो। प्रतियोगितामा जापान भरिका एघार नेपाली टिमहरुले भाग लिएका थिए। प्रतियोगिता पछि पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गल्कोट समाज जापान, नागोयाका संयोजक रामु थापाकाजीको अध्यक्षतामा एवं गल्कोट समाज, जापानका अध्यक्ष यम खत्रीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो। कार्यकममा सामाजिक सेवामा योगदान गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो।यस कार्यक्रमबाट बचेको रकम तत्काल सार्वजनिक गरि गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागी पठाईने गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीको भनाई छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago