गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ भलिवल प्रतियोगिता सम्पन्न ।

कविकिरण न्यौपाने , नागोया । गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न छ।
धुर्मुस- सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाण कार्य भई रहेको उक्त रंगशाला आर्थिक अभावका कारण समस्यामा परेपछि जापानमा भलिवल प्रतियोगिता आयोजना गरेर आर्थिक सहयोग जुटाउन प्रतियोगिता आयोजना गरिएको हो। जापानको नागोयामा सम्पन्न उक्त प्रतियोगिताको आयोजना गल्कोट समाज जापान , क्षेत्रिय समिति नागोयाले गरेको हो । गल्कोट समाज जापान, नागोयाको क्षेत्रिय अध्यक्ष रामु थापाकाजीले जनस्तरबाट रंगशाला निर्माण कार्यमा सहयोग गर्न आफुहरुले भलिवल प्रतियोगिता आयोजना गरिएको बताउँदै सबै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन्। उक्त भलिवल प्रतियोगिता दोश्रो सस्करण हो। आउदा वर्षहरुमा पनि यस्ता प्रतियोगिता आयोजनालाई निरंतरता दिने खेल संयोजक मनोज केसीले बताए।प्रतियोगितामा गल्कोट स्पोर्ट क्लव, टोक्यो प्रथम, गुम्वाकेन गाईज दोश्रो र गल्कोट समाज जापानले तेश्रो स्थान प्राप्त गरेका छन्। प्रतियोगिताको पुरस्कार राशी क्रमश: प्रथम ३ लाख येन नगद, प्रमाणपत्र , मेडल र कप द्वितीय पुरस्कार २ लाख येन नगद, प्रमाणपत्र , मेडल र कप र तेश्रोलाई एक लाख नगद ,कप मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । छुट्टाछुट्टै विधामा उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कार र नगद द्वारा सम्मान गरिएको थियो। प्रतियोगितामा जापान भरिका एघार नेपाली टिमहरुले भाग लिएका थिए। प्रतियोगिता पछि पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गल्कोट समाज जापान, नागोयाका संयोजक रामु थापाकाजीको अध्यक्षतामा एवं गल्कोट समाज, जापानका अध्यक्ष यम खत्रीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो। कार्यकममा सामाजिक सेवामा योगदान गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो।यस कार्यक्रमबाट बचेको रकम तत्काल सार्वजनिक गरि गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागी पठाईने गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीको भनाई छ ।
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago