पाल्पा, १४ बैशाख । पछिल्लाे २४ घण्टामा थप ४१ जनामा कोरोना सङ्ंक्रमण पुष्टि भएको छ । यो संगै पाल्पा जिल्लामा सक्रिय संङ्क्रमितको संख्या १ सय ९८ पुगेको छ । जस मध्ये तानसेन नगरपालिकाका ३१ जना रहेका छन् । बगनासकाली, माथागढी र रिब्दिकोट गाउँपालिकाका २।२ जना, त्यस्तै रम्भा,तिनाउ,निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा १।१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको ७८ नमुना परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पाल्पामा कुल संक्रमितको संख्या २ हजार २ सय २० पुगेको छ । संक्रमितमध्ये १ हजार ९ सय ८३ जना निको भएका छन् भने ३९ जनाको निधन भएको छ ।
सरकारले पाहाडी जिल्लामा सक्रिय संङ्क्रमितको संख्या २ सय पुगेपछि लकडाउन गर्नसक्ने निति वनाएकाे छ । जसका कारणा यहाँका स्थािनयमा त्रास सृजना भएकाे छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…